पोखरामा मध्येरातमा भूकम्पको धक्का

-


     पोखरा क्लिक     
     कार्तिक १८ गते २०८० मा प्रकाशित


पोखरा, १८ कात्तिक ।
पोखरामा शुक्रबार राति भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर ४७ मिनेट जादाँ भूकम्पको धम्का महशुस भएको हो । भूकम्पका कारण निद्रामा भएकाहरु पनि उठेर घर बाहिर निस्कीएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ । ६.४ म्याग्निच्युड भएको जनाएको छ ।

भूकम्पको महशुस नेपालीका विभिन्न ठाउँ र भारतमा पनि भएको छ ।

यस अगाडी कात्तिक ५ गते धादिङ केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, तनहुँ, चितवन, पोखरा र काठमाडौं लगायत क्षेत्रमा महसुस गरिएको थियो । शुक्रबार रातिको भूकम्पको थप विवरण आउन बाँकि छ ।