पोखरा २९, मंसिर
गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा भएको रक्तदानको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको थियो ।
विद्यालयका प्राचार्य सरोज कोइरालाले वार्षिकोत्सव अवसरमा विद्यालयले हरेक वर्ष रक्तदान सहित विभिन्न कार्यक्रम गर्दै आएको बताए । आगामि दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिने उनले बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले रक्तनाथ कार्यक्रम आयोजना गरेको बताईन । एकजना व्यक्तिको रगतले अर्काे एकजनाले जीवन जिउन पाउने उनले बताईन ।
शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र स्थानीयले रक्तदान कार्यक्रममा रगत दान गरेका थिए । विद्यालयमा अहिले १२ कक्षासम्म मानविकी, कानुन, विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्यापन हुन्छ । पश्चिमाञ्चल माविमा शुक्रबार आयोजित रक्तदान कार्यक्रम ।