३० लाख धरौटीमा छुटे पूर्वगृहमन्त्री बालकृष्ण खाँण

-


     पोखरा क्लिक     
     मंसिर २९ गते २०८० मा प्रकाशित


पोखरा २९, मंसिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा छुटेका छन्।
७ महिना जेल बसेर उनी शुक्रबार छुटेका हुन्।

उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएसंगै खाँणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए ।

खाँडलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।