जिवनशैली पत्रिका

कृषि बिमालाई प्रभाबकारी बनाउने कार्यक्रम बनाऔं – जि . स .स. कास्की प्रमुख पौडेलले

पोखरा ,मंसिर ३० जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपाल सरकारले २०६९ सालबाट कृषि बिमा कार्यक्रम संचालन गरे पनि आम कृषकहरू पूर्ण लाभान्वित हुन नसकेको भन्दै कृषी बिमाको प्रभाबकारिता वृद्धि गर्न आग्रह गर्नुभएको छ। कमजोर सुचना प्रणालीका कारण बिमा सम्बन्धमा कतिपय आम कृषक जानकार नरहेको तर्फ इङ्गित गर्दै प्रमुख पौडेलले क्षतिपूर्तिका लागि दाबी प्रक्रिया झन्झटिलो, महँगो र बिलम्ब हुने गरेको जनगुनासो रहेको भन्दै बिमाका भुक्तानीका प्रक्रिया समय सापेक्ष परिमार्जन र परिष्कृत गर्नु पर्ने उल्लेख गर्नुभयो। प्रमुख पौडेलले सो कुरा… पुरा पढौ

लेकसाइडमा रोटरी कार्निभल तयारी

पोखरा, ३० मंसिर पोखराका रोटरी क्लबहरु कार्निभल तयारीमा जुटेका छन् । फेवाताल किनार खहरेमा आगामी पुस ७ मा ‘रोटरी कार्निभल–२०२३’ हुन लागेको हो । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि त्यसलाई बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरु जुटेका हुन् । रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन लागेको बताए । उनी कार्निभल खासमा रमाइलो गर्ने, खाने रमाउनेमात्र नभई कार्यक्रमबाट बचत रकम जाजरकोट… पुरा पढौ

१८ औं जेपी क्रस विद्यालयस्तरिय बास्केटबल पोखरामा जारी

पोखरा ३0, मंसिर १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबल पोखरामा शनिबार पनि पोखरा रंगशालाको बास्केटबल कोर्टमा जारी रहेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको दोश्रो दिन छात्रातर्फ ३ र छात्रतर्फ ९ गरि कूल १२ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ सरस्वती आदर्श विद्याश्रम, माउन्ट अन्नपूर्ण, शिसु निकेतन, प्रगती मावि र गोगन मावि तथा छात्रातर्फ गोगन मावि लिग चरणबाट बाहिरिएका छन् । शनिबारको खेलमा छात्रतर्फ हिल पोइन्टले माउन्ट अन्नपूर्णलाई… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी धर्ना दिदै पोखराका पर्यटन व्यवसायी

दीननाथ बराल भैरहवा, २९, मंसिर पोखराका पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी धर्ना दिनु भएको छ । लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान गर्नु पर्ने माग राख्दै विगत ४ महिना देखि स्थानिय पर्यटन व्यवसायीहरु आन्दोलित हुदै आएको अबस्थामा शनिबार भैरहवा आउनु भएको पोखराका पर्यटन व्यवसायीले उक्त आन्दोलनमा एकिबद्धक्ता जनाउदै धर्ना दिनु भएको हो । लुम्बिनीमा अन्तराष्ट्रिय हवाई उडान संचालन गर्र्न माग गर्दै आएका स्थानियको जस्तै पोखरामा पनि उस्तै समस्य रहेकोले उक्त आन्दोलनमा पोखराका पर्यटन व्यवसायीहरु एकबद्ध हुनु भएको… पुरा पढौ

जाउँ है पोखरा अभियानका प्याकेज सार्वजनिक: पोखरा र भैरहवा विमानस्थल संचालनका लागि सरकारलाई एकिकृत दबाव दिइने

भैरहवा, ३० मंसिर । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ । संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियान अन्तर्गत संघले ५ वटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा(मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्ने… पुरा पढौ

पोखरा महानगर न्यायिक समितिका सदस्य भावना श्रेष्ठलाई आवश्यक कार्वाहीको लागि अख्तियारमा पठाउने

दीननाथ बराल पोखरा, २९ मंसिर पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठलाई आर्थिक लेनदेनमा संलग्न भएको आरोप पुष्टि गर्नको लागि अख्तियारमा पठाउने भएको छ । आर्थिक लेनदेन भएको समाचार बाहिरिए पछि आफै समितिबाट उहाँले राजीनामा दिनु भएको थियो भने पोखरा महानगरपालिका न्यायिक समितिले समेत बैठक बसी उहाँको बिषयमा सत्यतथ्य छानविन गर्न माग गरेको अबस्थामा पोखराका मेयर धनराज आचार्यले उक्त बिषयमा सम्बन्धित निकाय अख्तियारमा पठाउने भएको बताउनु भयो । मेयर आचार्यले आफुहरुले पनि विभिन्न संचार माध्यमबाटै पोखरा ९ का वडा सदस्य… पुरा पढौ

कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजौ जि.स.स.कास्की प्रमुख पौडेल

पोखरा ,मंसिर २९ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गर्नुभएको छ । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यसमा विशेष ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा ू सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको… पुरा पढौ

बोट बिरुवा रोप्ने लगाव

पोखरा, मंसिर २९ पोखरा आफैमा पनि एउटा प्राकृतिक छटाले भरिपूर्ण ठाउँ, त्यसमा पनि यहाँको शान्त फेवाताल र वरपरको हरियालीले झनै सुनमा सुगन्ध थपेको छ । हरियाली बोटविरुवा नै नहुदो हो त, फेवाताल जस्ता तालतालैया होला त, सायदै कसैले कल्पना पनि गरेका छैनौ । हामी जति यहाँको प्राकृतिक सौन्दर्यतामा हराएका छौँ, यसको उपयोग गरेका छौँ, के हामीले यसलाई संरक्षण र सर्वद्धन गर्ने काममा लागेका छौँ रु सामाजिक काम भन्दै रुख रोप्ने, वृक्षरोपण कार्यक्रममा सहभागि भएर रुख त रोप्यौँ, त्यसको अवस्था के… पुरा पढौ

१८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबल पोखरामा सुरु

पोखरा २९, मंसिर १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र÷छात्रा बास्केटबल पोखरामा शुक्रबारबाट पोखरा रंगशालाको बास्केटबल कोर्टमा सुरु भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजना सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन छात्रातर्फ ३ र छात्रतर्फ १० गरि १३ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ फिसटेल एकेडेमीले माउन्ट अन्नपूर्णलाई ४५–१९ को स्कोरले पराजित गरेको छ । फिसटेलले आफ्नो पहिलो खेल हिलपोइन्ट विरुद्ध ३१–२४ ले जितेको थियो । आज नै सम्पन्न अन्य… पुरा पढौ

३० लाख धरौटीमा छुटे पूर्वगृहमन्त्री बालकृष्ण खाँण

पोखरा २९, मंसिर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा छुटेका छन्। ७ महिना जेल बसेर उनी शुक्रबार छुटेका हुन्। उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएसंगै खाँणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । खाँडलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो । पुरा पढौ