दीननाथ बराल
भैरहवा, २९, मंसिर
पोखराका पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी धर्ना दिनु भएको छ । लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान गर्नु पर्ने माग राख्दै विगत ४ महिना देखि स्थानिय पर्यटन व्यवसायीहरु आन्दोलित हुदै आएको अबस्थामा शनिबार भैरहवा आउनु भएको पोखराका पर्यटन व्यवसायीले उक्त आन्दोलनमा एकिबद्धक्ता जनाउदै धर्ना दिनु भएको हो ।
लुम्बिनीमा अन्तराष्ट्रिय हवाई उडान संचालन गर्र्न माग गर्दै आएका स्थानियको जस्तै पोखरामा पनि उस्तै समस्य रहेकोले उक्त आन्दोलनमा पोखराका पर्यटन व्यवसायीहरु एकबद्ध हुनु भएको हो । पोखराका पर्यटन व्यवसायीहरुले समेत उक्त आन्दोलनमा साथ र समर्थन गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न नसके पोखरामा चिनको करिब २२ अर्बको ऋणको लागतमा निर्माण भएको विमानस्थलको व्यहभार झन बढ्ने जसले देशलाई समस्यामा पार्ने उहाँले दाबी गर्नु भयो ।
राज्यको ४३ अर्बको लागतमा निर्माण भएको विमानस्थलमा हाल अन्तराष्ट्रिय हवाई उडान गर्न नसक्नुले यस क्षेत्रको व्यवसाय माथि ठुलो कुठराघात भएको सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनु भयो । यसैबिच, पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्र्न कुटनीतिक रूपमा पहल गर्न पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । होटल सङ्घ पोखरा नेपालले सुरू गरेको ‘जाऔं है पोखरा अभियान’ अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको भैरहवाका पर्यटन व्यावसायिसंगको छलफलमा राज्यको अबौं लगानी भएको अन्तर्राष्ट्रिय बिमानस्थलमा उद्धेश्य अनुरुप अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्र्न कुटनीतिक पहल नै गर्न जोडदार माग गर्नु भएको हो । पोखरामा विगत एक बर्ष अघि देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वटा मात्र चाट्र्ड फ्लाइट भएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।