क्षेत्रिय खृलकुद र जिल्ला समिति एक जुट भएर अघि बढ्ने पोखरा ४, पुष प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रहि कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्याहरु संगै बसेर छलफलका आधारमा टुङ्गयाउने निर्णय समेत भएको उनले जनाए । “आजको बैठकले राम्रो सन्देश दिएको छ”–सदस्य सचिव शर्माले भने–“राखेप अन्तर्गत क्षेत्रिय खेलकुदमा कार्यरत ६ जना कर्मचारीहरु अब देखि प्रदेश खेलकुदमा रहेर हामीलाई सहयोग गर्नुहुनेछ ।” राखेपले कर्मचारीहरुको समस्या समधान गर्न ओएनएमको कार्यदल समेत गठन गरेर अघि बढीसकेको जनाउँदै सदस्य सचिव शर्माले ओएनएमको प्रक्रियागत रुपमा नसकिए सम्म कर्मचारीहरु प्रदेश अन्तर्गत रहेको विभिन्न विभाग सम्हाल्ने बताए । सम्पन्न बैठकमा सािवक क्षेत्रिय खेलकुदमा कार्यरत डिवी नेपालीले ओएनएमले गति नलिंदा कर्मचारीहरुको समस्या वल्झिएको बताउँदै प्रदेश खेलकुद संग मिलेर आफूहरुले कार्य गर्न कुनै समस्या नभएको बताए । उनले भने–“हामीले लामो समय देखि खेलकुद विकासका लागि योगदान दिएका छौं । हामी ओएनएम छिटो पारित भएमा सबैका लागि सहज हुने छ । तर पनि हालको अवस्थामा हामी प्रदेश खेलकुद अन्तर्गत रहेर कार्य गर्न कुनै द्विविधा छैन ।” त्यसै गरी साविक क्षेत्रिय खेलकुदका प्रशिक्षण विभाग प्रमुख बलराम लामाले क्षेत्रिय खेलकुदको खारेजी संगै प्रक्रियागत रुपमा कार्य गर्न समस्या भएको जनाउँदै कर्मचारीहरुको समस्या फुकाउन राखेप र परिषदले छिटो पहल गर्नुपर्ने औंल्याए । सम्पन्न बैठकले कर्मचारीहरुको हाजिर साविककै कार्यालयमा रहे पनि त्यसको प्रमाणिकरण भने प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । साविक क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीलाई प्रशासन तथा समन्वय शाखा, बलराम लामालाई प्रशिक्षण शाखा, ई।अनिल अधिकारीलाई योजना शाखा, डम्वर बहादुर नेपाली ९डिवी०लाई प्रशासन, मायाँ गुरुङलाई प्रशासन र प्रशिक्षण शाखा र भोज कुंवरलाई प्रशिक्षण तथा प्रशासन शाखाको जिम्मेवारीमा रहने गरि निर्णय भएको परिषदले जनाएको छ । सम्पन्न बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाललगायतको सहभागिता रहेको थियो । बैठकमा आसन्न राष्ट्रपति खेलकुद प्रतियोगिता लगायत कार्यालयहरुको व्यवस्थापन, ऐनको कार्यान्वयन, कार्यालय सञ्चालन र व्यवस्थापन, खेल मैदानहरुको व्यवस्थापन तथा संरक्षण, खेलकुद गतिविधी, खेलाडी उत्पादन, जिल्लामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको नामावली संकलनकार्य लगायतका विषयमा छलफल भएको परिषदले जनाएको छ । पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रहि कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्याहरु संगै बसेर छलफलका आधारमा टुङ्गयाउने निर्णय समेत भएको उनले जनाए । “आजको बैठकले राम्रो सन्देश दिएको छ”–सदस्य सचिव शर्माले भने–“राखेप अन्तर्गत क्षेत्रिय खेलकुदमा कार्यरत ६ जना कर्मचारीहरु अब देखि प्रदेश खेलकुदमा रहेर हामीलाई सहयोग गर्नुहुनेछ ।” राखेपले कर्मचारीहरुको समस्या समधान गर्न ओएनएमको कार्यदल समेत गठन गरेर अघि बढीसकेको जनाउँदै सदस्य सचिव शर्माले ओएनएमको प्रक्रियागत रुपमा नसकिए सम्म कर्मचारीहरु प्रदेश अन्तर्गत रहेको विभिन्न विभाग सम्हाल्ने बताए । सम्पन्न बैठकमा सािवक क्षेत्रिय खेलकुदमा कार्यरत डिवी नेपालीले ओएनएमले गति नलिंदा कर्मचारीहरुको समस्या वल्झिएको बताउँदै प्रदेश खेलकुद संग मिलेर आफूहरुले कार्य गर्न कुनै समस्या नभएको बताए । उनले भने–“हामीले लामो समय देखि खेलकुद विकासका लागि योगदान दिएका छौं । हामी ओएनएम छिटो पारित भएमा सबैका लागि सहज हुने छ । तर पनि हालको अवस्थामा हामी प्रदेश खेलकुद अन्तर्गत रहेर कार्य गर्न कुनै द्विविधा छैन ।” त्यसै गरी साविक क्षेत्रिय खेलकुदका प्रशिक्षण विभाग प्रमुख बलराम लामाले क्षेत्रिय खेलकुदको खारेजी संगै प्रक्रियागत रुपमा कार्य गर्न समस्या भएको जनाउँदै कर्मचारीहरुको समस्या फुकाउन राखेप र परिषदले छिटो पहल गर्नुपर्ने औंल्याए । सम्पन्न बैठकले कर्मचारीहरुको हाजिर साविककै कार्यालयमा रहे पनि त्यसको प्रमाणिकरण भने प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । साविक क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीलाई प्रशासन तथा समन्वय शाखा, बलराम लामालाई प्रशिक्षण शाखा, ई।अनिल अधिकारीलाई योजना शाखा, डम्वर बहादुर नेपाली ९डिवी०लाई प्रशासन, मायाँ गुरुङलाई प्रशासन र प्रशिक्षण शाखा र भोज कुंवरलाई प्रशिक्षण तथा प्रशासन शाखाको जिम्मेवारीमा रहने गरि निर्णय भएको परिषदले जनाएको छ । सम्पन्न बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाललगायतको सहभागिता रहेको थियो । बैठकमा आसन्न राष्ट्रपति खेलकुद प्रतियोगिता लगायत कार्यालयहरुको व्यवस्थापन, ऐनको कार्यान्वयन, कार्यालय सञ्चालन र व्यवस्थापन, खेल मैदानहरुको व्यवस्थापन तथा संरक्षण, खेलकुद गतिविधी, खेलाडी उत्पादन, जिल्लामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको नामावली संकलनकार्य लगायतका विषयमा छलफल भएको परिषदले जनाएको छ ।
पोखरा ४, पुष प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद…
पुरा पढौ
जाउ है पोखरा अभियान, नेपालका प्रमुख पर्यटकीय गन्तव्यसम्म सडक र हवाईको सहज पहुच बनाउन सुझाव
दीननाथ बराल महेन्द्रनगर ३, पुष सुदुरपश्चिम क्षेत्रको पर्यटन विकासको लागि नेपालका प्रमुख पर्यटकीय गन्तव्यसम्म सडक र हवाईको सहज पहुच बनाउन सुझाव दिइएको छ । पोखराबाट सुरु भएको जाउ है पोखरा अभियान अन्र्तगत सोमबार बेलुका महेन्द्रनगरको सिद्धार्थ होटलमा आयोजित पर्यटन व्यवसायी सहित विभिन्न पालिका प्रमुख एवं संघ संस्थाका पदाधिकारीहरु बिचको भएको छलफलमा सहभागिहरुले दिगो पर्यटनको लागि सडक र हवाई मार्गको सहज पहुज आवश्यक भएको बताउदै यस तर्फ राज्यको ध्यान ध्यान जानुपर्ने बताउनु भएको थियो । अबको पर्यटन विभिन्न पर्यटकीय गन्तव्यहरुको एकिकृत…
पुरा पढौ
प्रतिभा माविमा व्यावसायिक प्रस्तुती प्रतियोगिता
पोखरा, पुस २ पोखराका अगुवा व्यावसायी आनन्दराज बतासको व्यावसायिक सुत्र छ–सफल व्यावसायी बन्न अनुभव, पैसा र क्षमताले मात्र पुग्दैन, सकारात्मक सोंच पनि चाहिन्छ । सकारात्मक सोंच राख्यो भने पैसा पर्याप्त नहुँदा पनि व्यावसाय चल्ने उनको भनाई छ । पालिखेचोकस्थित प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ सोमबार व्यावसायिक अनुभव सुनाउँदै बतास समूहका अध्यक्ष बतास भन्छन, ‘सफल व्यावसायी बन्ने हो भने ‘सोंच’ मा सकारात्मकता हुनुपर्छ, त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ ।…
पुरा पढौ
१८ औ जेपी क्रस विद्यालयस्तरिय बास्केटबलमा फिस्टेललाई दोहोरो उपाधि
पोखरा २, पुष १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबलको उपाधि फिस्टेल एकेडेमीले जितेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा फिस्टेलको छात्र÷छात्रा टिमले विजयी हुँदै उपाधि जितेको हो । सम्पन्न फाइनलमा छात्रतर्फ फिस्टेलले गण्डकी बोर्डिङलाई ५१–३१ ले तथा छात्रातर्फ बालकल्याणलाई २०–१७ को स्कोरले पराजित गरी उपाधि जितेको छ । उपाधि संगै फिस्टेल एकेडेमीले छात्र÷छात्रा दुवैतर्फ नगद रु २०र२० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छात्रतर्फ गण्डकी बोर्डिङ र…
पुरा पढौ
नेशनल प्याब्सन कास्कीले प्रथम बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने
पोखरा २, पुष राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेसनल प्याब्सन कास्कीले पौष ६ देखि ८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । कास्कीका ४७ वटा निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुको साझा संस्था एन प्याब्सन कास्कीले यसवर्ष नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने नाराका साथ विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्यले बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको हो…
पुरा पढौ
धनगढी(पोखरा हवाई सेवा पुनर्स्थापनामा जोड
धनगढी २, पुष धनगढी, झण्डै दुई वर्ष अघि सुरु भई पछि स्थागित हुन पुगेको धनगढी(पोखरा सिधा हवाई सेवालाई पुनस् निरन्तरता दिनुपर्नेमा दुबै शहरका ब्यबसायी एकमत देखिएका छन् । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकीको आयोजनामा संचालित जाउँ है पोखरा अभियानको चौंथो दिन सोमबार धनगढीमा आयोजित कार्यक्रममा हवाई सेवा पुनस् सुचारु गरिनु पर्नेमा उनीहरुले जोड दिए । २०७८ सालको फागुन महिनामा गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीबिच बुद्ध एयरले पोखरा–धनगढी सिधा उडान आरम्भ गरे पनि उक्त सेवा लामो…
पुरा पढौ
पुम्दीभुम्दीमा स्रस्ठा सम्मान कार्यक्रम सम्पन्न
पोखरा १, पुष स्रष्टा समाज पुम्दी भुम्दीको नियमित सृजना वाचन तथा श्रवण कार्यक्रम चौधौ शृंखला एवं कवि नन्दलाल बरालको एकल कविता वाचन कार्यक्रम हालै पुम्दीकोट बिशाल महादेब मुर्ती परिसरमा सम्पन्न भएको छ । स्रष्टा समाजका अध्यक्ष साहित्यकार गोबिन्द प्रसाद बरालको अध्यक्षतामा पुम्दीकोट कोट बिकास समिति सचिव समाजसेवी ब्यक्तित्व नरहरी बरालको प्रमुख आतिथ्यतामा बिशिष्ट अतिथि कास्की जिल्ला समन्वय अधिकारी साहित्यकार नवराज बराल ‘निशान्त’ पृथ्वी नारायण क्याम्पस राजनितीसास्त्र बिभागका सह प्रध्यापक, पुस्तकका लेखक राजनितीशास्त्री भिमनाथ बराल , पुम्दीकोट भजन समुहका अध्यक्ष जिवनाथ…
पुरा पढौ
बाह्रौँ पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
पोखरा १, पुष बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को उत्पादन बेटरले साथ दिने भएको छ । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौँँ संस्करणको पोखरा महोत्सवलाई पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को बेटरले मुख्य प्रायोजकमा रही साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई…
पुरा पढौ
नेपालगञ्जमा जाउँ है पोखरा अभियान, नेपालगञ्ज–पोखरा दैनिक हवाइ उडान सहित स्तरीय बस सेवा संचालन गर्न जोड
दीननाथ बराल नेपालगञ्ज १, पुष होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिम तर्फ सुरु गरिएको जाउँ है पोखरा अभियान अन्र्तगत आइतबार नेपालगञ्जका पर्यटन व्यावसायीहरुसंग छलफल भएको छ । । वर्दिया राष्ट्रिय निकुञ्ज लगायत नेपालगञ्ज वरपरका पर्यटकीय स्थलको बारेमा पोखरामा पनि जानकारी दिने व्यवस्था मिलाउनुपर्नेमा नेपालगञ्जका पर्यटन व्यवसायीले उक्त कार्यक्रममा माग गर्नु भएको छ । साथै नेपालगञ्ज पोखरा सिधा हवाई उडानलाई दैनिक उडान गर्न व्यवसायीहरुले माग गर्नु भएको छ । सो क्षेत्रमा हाल हप्तामा…
पुरा पढौ
काहूँबाट हिमाल हेर्दै ३ दिनसम्म योग पोखरामा पहिलोपटक ‘इन्टरनेशनल योगा फेस्टिवल’ १० भन्दा बढी देशका तीन दर्जन सहभागी हुँदै पोखरा १, पुष पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो । योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ । पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा…
पुरा पढौ

