पोखरा १, पुष
स्रष्टा समाज पुम्दी भुम्दीको नियमित सृजना वाचन तथा श्रवण कार्यक्रम चौधौ शृंखला एवं कवि नन्दलाल बरालको एकल कविता वाचन कार्यक्रम हालै पुम्दीकोट बिशाल महादेब मुर्ती परिसरमा सम्पन्न भएको छ । स्रष्टा समाजका अध्यक्ष साहित्यकार गोबिन्द प्रसाद बरालको अध्यक्षतामा पुम्दीकोट कोट बिकास समिति सचिव समाजसेवी ब्यक्तित्व नरहरी बरालको प्रमुख आतिथ्यतामा बिशिष्ट अतिथि कास्की जिल्ला समन्वय अधिकारी साहित्यकार नवराज बराल ‘निशान्त’ पृथ्वी नारायण क्याम्पस राजनितीसास्त्र बिभागका सह प्रध्यापक, पुस्तकका लेखक राजनितीशास्त्री भिमनाथ बराल , पुम्दीकोट भजन समुहका अध्यक्ष जिवनाथ बरालको विशिष्ट आतिथ्यतामा सयौ दर्शक श्रोता को उपस्थितिमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको कमल बरालले बताउनु भएको छ । कार्यक्रममा साहित्यकार नवराज बराल निशान्त तथा गोबिन्दप्रसाद बराल बाट एकल वाचित कवितामा समिक्षात्मक टिप्पणी गर्नुभयो ।
कार्यक्रममा स्रष्टाहरु हरि प्रसाद बराल टंकराज पौडेल ,गुरूप्रसाद बराल लोक गायिका छरमाया पौडेल समेत सृजना वाचन गर्नुभएको कार्यक्रममा कवि नन्दलाल बरालकी धर्मपत्नी भीमकला बराल समाजसेवी बेद प्रसाद बराल ,उषा बराल , शिवराज बराल ,रोशन पौडेल , नानुमाया बराल ,शान्ति बराल ,सम्झना बराल , गोपिनाथ बराल युवराज बराल ,मातृका बराल लगाएतको उपास्थिती रहेको थियो । कार्यक्रममा कवि नन्दलाल बरालले गजल , मुक्तक सहित बार्र्ह कविता सुनाएर मन्त्रमुग्ध बनाउनु भएको थियो । विशिष्ट अतिथि राजनितीसास्त्री एवं लेखक भिमनाथ बरालले साहित्य समाजको ऐना भएको हुदा समाजमा सामाजिक हित भाइचारा सामाजिक अनुशासन संवृद्धि पथमा हिड्ड्न प्रेरित गरिरहने हुदा अनुज पुस्तालाइ प्रोत्साहन गर्न कार्यक्रम प्रभावकारी रहने धारणा राख्नु भयो ।
प्रमुख अतिथि समाजसेवी नरहरी बरालले कवि नन्दलाल बराल समकालिन सहपाठी साथी मेहनेती बिद्यार्थी डेढ वर्षकै बाल्यकालमा पिता गुमाएको एक ब्यक्ती बिभिन्न ठक्कर संघर्ष अभाबको अपहेलनाको बिच पनी बिचलित नबनी इमान मुल्य मान्यता निष्ठाको पर्र्याय भएको तथा बाचित कविताले माया प्रेम संघर्ष सामाजिक बिभेद ,अपहेलना आक्रोश को
हिर्दयस्पर्शी यथार्थता प्रतिबिम्बित गरेको भनाइ राख्दै कविको निवृत्त जीवन सृजनशिल, स्वस्थ रहोस् भन्ने शुभकामना ब्यक्त गर्नु भयो ।
सम्पूर्ण उपास्थि प्रमुख अतिथि,विशिष्ट,अतिथि , अथिहरू ,स्रष्टाहरू लगायत सम्पूर्णको कार्यक्रम सफल पार्न प्राप्त साथ सहयोग प्रती हार्दिक कृतज्ञता प्रकट गर्दै निरन्तर सबैको साथ सहयोगको अपेक्षा गर्दै कार्यक्रमका अध्यक्ष कवि गोविन्दप्रसाद बरालले कार्यक्रम समापन गर्नु भएको संस्थाका सचिव ध्रुव विपश्वीले बताउनु भयो ।