दीननाथ बराल
महेन्द्रनगर ३, पुष
सुदुरपश्चिम क्षेत्रको पर्यटन विकासको लागि नेपालका प्रमुख पर्यटकीय गन्तव्यसम्म सडक र हवाईको सहज पहुच बनाउन सुझाव दिइएको छ । पोखराबाट सुरु भएको जाउ है पोखरा अभियान अन्र्तगत सोमबार बेलुका महेन्द्रनगरको सिद्धार्थ होटलमा आयोजित पर्यटन व्यवसायी सहित विभिन्न पालिका प्रमुख एवं संघ संस्थाका पदाधिकारीहरु बिचको भएको छलफलमा सहभागिहरुले दिगो पर्यटनको लागि सडक र हवाई मार्गको सहज पहुज आवश्यक भएको बताउदै यस तर्फ राज्यको ध्यान ध्यान जानुपर्ने बताउनु भएको थियो ।
अबको पर्यटन विभिन्न पर्यटकीय गन्तव्यहरुको एकिकृत ढंगले समन्वय र सहकार्य गरी अघि बढेमा चिन र भारतजस्ता विश्वका धेरै जनसङख्या भएको मुलुकबाट १ देखि २ प्रतिशत मात्र घुमफिरमा हिडेका पर्यटकलाई आकषर्ण गर्न सकिने व्यवसायीहरुले दाबी गर्नु भयो । पोखराका लागि सिधा हवाई उडान नहुने र काठमाडौं गएर मात्र पोखरा जानुपर्ने बाध्यताले आफुहरुलाई भारतको दिल्लीजान सहज र सरल भएको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताउनु भयो ।
होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको जाउँ है पोखरा अभियान अन्तर्गत महेन्द्रनगरमा सोमबार बेलुका आयोजित पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा वोल्दै भिमदत्त नगरपालिकाकाका प्रमुख पदम बोगटीले सुदूरपश्चिम वर्दिया, सुक्ला फाँटा र खप्तडलाई एकीकृत रुपमा प्रर्वद्धन गर्ने योजना अघि बढाएको बताउनु भयो । धनगढीबाट पोखरा सीधा उडानका लागि स्थानीय र प्रदेश सरकारले नै सहकार्य गरेर वातावरण बनाउने अनि केन्द्र सरकारलाई दबाब दिनुपर्ने उहाँको भनाई थियो ।
विदेशी पर्यटकलाई लुट्नुपर्छ जस्तो नीतिले पर्यटन नचल्ने भन्दै उहाँले केन्द्र सरकारले नीतिमै सुधार ल्याउनुपर्नेमा माग गर्नु भयो । वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहोराले हवाई उडानबाट पोखरा जाँदा काठमाडौं हुँदै जानुपर्ने बाध्यता रहँदा समस्या बताउनु भयो । पोखरासंगको कनेक्टिभिटी सहज हुनुपर्ने उहाँले जोड दिनुभयो । पर्यटकीय राजधानी मानिने पोखरासम्म आफुहरु जानको लागि समस्या हुनुले पोखरा र यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा कठिनाई भएको उहाँको भनाई थियो । पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन वोर्ड निजी क्षेत्रको मागमा स्थापना भएको स्मरण गर्दै निजी क्षेत्रबाट सुरु भएको बताउनु भयो । भारत र चीनको घुमघाममा निस्कने पर्यटकहरुको जनसंख्याको एक प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सकेमात्र पनि नेपालको पर्यटन क्षेत्र अत्याधिक रुपमा चलायमान हुने उनको दाी थियो । सीमावर्ती क्षेत्रका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन सहज हुने आफुहरुले विश्वास लिएको मिश्रको भनाई थियो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पितम्बर जोशीले भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रबाट प्रवेश गरेपछि सहज यात्राको व्यवस्था गर्नुपर्ने माग गर्नु भयो । उत्तराखण्डसंग जोडिएको महेन्द्रनगर नाका देशका लागि प्रशस्तमात्रामा पर्यटक भित्र्याउन सक्ने नाका भएको उहाँको दाबी थियो । लामो यात्रा र विग्रेको सडकले पर्यटकलाई सास्ती हुने भन्दै महेन्द्रनगरबाट लक्जरी पर्यटकीय बस सञ्चालन गर्ने र धनगढीबाट पोखरासम्म सिधा हवाई उडान गर्नुपर्नेमा अध्यक्ष जोशीले माग गर्नु भयो ।
होटल संघ कन्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड, अपि सैपाल लगायत पर्यटकीय र ऐतीहासिक धरोहर यो प्रदेशमा भएपनि प्रचारप्रसार हुन नसकेको गुनासो गर्नु भयो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा प्राकृतिक, संस्कृति र साहसिक पर्यटकका लागि महत्वपूर्ण स्थल रहेको दाबी गर्नु भयो । जाउँ है पोखरा अभियान पोखराका पर्यटन व्यवसायीको मात्र नभएर साझा अभियान भएको उहाँको दाबी थियो । पर्यटनसंग सम्बन्धित समस्या व्यवसायीका साझा समस्या रहेकाले मिलेर समाधानका उपाए खोजिनुपर्नेमा सुवेदीले बताउनु भयो ।
होटल संघ पोखराका सचिव पार्वती पाण्डेले शुक्रबारबाट सुरु जाउँ है पोखरा अभियान विभिन्न कार्यक्रसहित नेपालगन्ज धनगढी हुँदै महेन्द्रनगर पुगेर समापन भएको बताउनु भयो । टोलीमा पोखराबाट होटलसंघ सहित पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि र पत्रकार सहभागि भएका संघ पोखराका उपाध्यक्ष दीपक श्रेष्ठले बताउनु भयो । टोलीमा बीस जना सहभागि हुनु भएको संघका कार्यालय सचिव रामप्रसाद खनालले बताउनु भयो ।