१८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबल पोखरामा सुरु

-


     पोखरा क्लिक     
     मंसिर २९ गते २०८० मा प्रकाशित


पोखरा २९, मंसिर

१८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र÷छात्रा बास्केटबल पोखरामा शुक्रबारबाट पोखरा रंगशालाको बास्केटबल कोर्टमा सुरु भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजना सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन छात्रातर्फ ३ र छात्रतर्फ १० गरि १३ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ फिसटेल एकेडेमीले माउन्ट अन्नपूर्णलाई ४५–१९ को स्कोरले पराजित गरेको छ । फिसटेलले आफ्नो पहिलो खेल हिलपोइन्ट विरुद्ध ३१–२४ ले जितेको थियो ।

आज नै सम्पन्न अन्य खेलमा शिसुनिकेतनले दुई खेल गुमाएको छ । स्टेप वाई स्टेप संग १७–१५ ले र बालकल्याण संग २५–१२ ले पराजित भएको हो । ग्लोबल कलेजियटले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । एलए मावि संग ४३–४२ को झिनो स्कोरमा पराजित भए पनि ग्लोबलले सरस्वती आदर्श विद्याश्रम संग २२–२१ ले जित निकालेको छ । यता एलएकले एक खेल सरस्वती आदर्श विद्याश्रम संग ३१–२९ ले जितेको छ । स्पाइरल ग्यालेक्सीले नवआर्दश विरुद्धको खेलमा ४२–१२ ले जित निकाल्दा प्रगतीले मनकामनालाई ३५–१९ ले जित दर्ता गर्न सफल भयो । अल्फाले आफ्नो एक खेल टप्स विरुद्ध ३८–१६ ले जित्न सफल भयो ।

त्यस्तै छात्रातर्फ फिसटेलले गोगन मावि विरुद्ध ३०–०ले जित्दा गण्डकी बोर्डिङले सरस्वती विद्यश्रमलाई १८–८ ले र एलएले गोगन माविलाई १४–६ ले जितेको छ ।
यसै विच प्रतियोगिताको एक भव्य कार्यक्रमका विच वरिष्ठ समाजसेवी एवं वृटिश सेनाका कर्नल ९रि० जेपी क्रसले गरेका छन् । सो अवसरमा बोल्दै कर्नल ९रि० जेपी क्रसले विद्यार्थीहरुलाई आत्मबल बढाउने गरि प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेका छन् । आफ्नो यौवनकालमा यूद्धमा भएको घटनाको स्मरण गर्दै मृत्युको मुखमा पर्दा समेत आफू भित्र रहेको आत्मबलले शत्रुलाई परास्त गर्दै आफ्नो कमाण्डमा रहेको सेनालाई सकुशल यूद्धको भूमीबाट बाहिर ल्याएको उल्लेख गरे ।

यहि पौष १५ गते एक सय वर्षगाँठ मनाउने तयारी गरिरहेका कर्नल ९रि० जेपी क्रसले कृषि कर्मका कारण विगतमा मानशिक र शारिरिक दुवै शक्ति प्राप्त भए पनि हाल त्यो अवस्था नरहेको चर्चा गर्दै अहिलेको आधुनिक युगमा मानशिक संगै शारिरिक सन्तुलन बनाई राख्न खेलकुद अपरिहार्य रहेको जनाए । आफू खेलप्रेमी भएकै कारण यूवाहरुलाई खेलकुदमा आकर्षण गर्न सहयोग गर्दै आएको उल्लेख गर्दै आफू उपस्थित भएर खेल मैदानमा आउन पाउँदा गर्व लागेको बताए । आफू १० कक्षा पढ्दा पढ्दै यूद्धमा होमिएको विगतलाई सम्झिंदै आफ्नो यात्रामा २६ वटा पुस्तक समेत प्रकाशन गरेको उनले उल्लेख गरे ।

उद्घाटनका अवसरमा कर्नल ९रि० जेपी क्रसले केक समेत काटेर आफ्नो सयौं वर्षगाँठ समेत मनाए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले यूवा खेलाडी उत्पादनका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेको जनाउँदै प्रतियोगिताको पूर्ण सफलताको कामना गरे ।

कास्की बास्केटबल संघका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विगनेश थापाले समेत आफ्ना भनाई राख्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार प्रकट गरेका छन् । पौष २ गते चार दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको कास्की बास्केटबल संघका अध्यक्ष गुरुङले जनाएका छन् ।

विश्वभर फैलिएको कोभिड १९ को सक्रमणको तिन वर्ष पछि उक्त प्रतियोगिताले निरन्तरता पाएको हो । प्रतियोगितामा छात्र–छात्रा दुबैतर्फको उपाधि विजेताले नगद २०–२० हजार र उपविजेताले नगद रु १५–१५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगिताको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष आकर्षक पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ ९ गरि कूल १९ टिमको सहभागिता रहेको छ ।