जिवनशैली पत्रिका

पोखरा महानगर न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नहरुलाई छानविन गरी कारबाही गर्न माग

पोखरा, मंसिर २९ पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर भ्यानाकर्षण भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पोखराबाट संचालित विभिन्न सञ्चार माध्यममा प्रशारण र प्रकाशित समाचारमा न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचार प्रति न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । समिति सदस्य भावना श्रेष्ठले पोखरा महानगरपालिका वडा नम्वर २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार… पुरा पढौ

पश्चिमाञ्चल माविमा रक्तदान

पोखरा २९, मंसिर गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा भएको रक्तदानको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले वार्षिकोत्सव अवसरमा विद्यालयले हरेक वर्ष रक्तदान सहित विभिन्न कार्यक्रम गर्दै आएको बताए । आगामि दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिने उनले बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले रक्तनाथ कार्यक्रम आयोजना… पुरा पढौ

पोखराको पर्यटन प्रबद्र्धन गर्न जाऊँ है पोखरा अभियान सुरु

दीननाथ बराल पोखरा २९, मंसिर पर्यटन प्रबद्र्धन गर्न महेन्द्रनगरसम्म ६ दिने जाऊँ है पोखरा अभियान सुरु गरिएको छ । होटल सङ्घ पोखरा नेपालले आजदेखि ६ दिने ‘जाऔं है पोखरा अभियान’ शुरु गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पोखराबाट आज एक टोली पोखराको लेकसाइडबाट सिद्धार्थराजमार्ग हुदै भैरहवा प्रस्थान गरेको उहाँले बताउनु भयो । त्यसै गरी टोली नेपालगन्ज, धनगढी हुदैं महेन्द्रनगरसम्म जाने भएको अध्यक्ष सुवेदीले बताउनु भयो । कोभिड–१९ को महामारी र आर्थिक मन्दिले सुस्ताएको पर्यटन क्षेत्रको आन्तरिक पर्यटन प्रवर्धन… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चले ग¥यो, आजिवन सदस्यसँग अन्तरक्रिया पोखरा म्याराथनलाई थप स्तरीय बनाउन जोड

पोखरा २९ मंसिर नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सम्पन्न भएको अन्तरक्रियामा सहभागिहरुले पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए । सहभागिहरुले मञ्चका लागि सद्यैँ सहयोग गर्न तयार रहेको र आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा स्वागत गर्दै मञ्चका अध्यक्ष… पुरा पढौ

एसियाकै ठुलो स्याउ फार्म बिबादमा तानियो, सांसद मनााङ्गेद्धारा कृर्ते डकुमेन्टमा अवैध रुपमा एग्रो संचालन भएको आरोप,संचालक छोपाङद्धारा विधि पूर्वक संचालन गरेको दाबी

दीननाथ बराल पोखरा २८, मंसिर एसियाकै ठुलो स्याउ फार्म यति बेला बिबादमा तानिएको छ । विगत ११ बर्ष देखि निर्वात रुपमा संचालनमा आएको एग्रो मनाङ प्रा.लि. हाल बिबादमा मुछिएको हो । मनाङ डिस्याङ गाउँपालिका १ पिसाङमा रहेको एग्रो मनाङ प्रा.लि.ले कृर्ते डकुमेन्ट बनायर अवैध रुपमा एग्रो संचालन गरेको गण्डकी प्रदेश सभा सदस्य (सांसद) एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे) ले आरोप लगाए । यता एग्रो मनाङका संचालक पोल्देन छोपाङले भने सांसद गुरुङले लगाएको आरोपमा कुनै… पुरा पढौ

पुषको अन्तिम साता माछापुच्छ्रे« गाउँपालिका अध्यक्षकप प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने

दीननाथ बराल पोखरा २८, मंसिर आउदो पुषको अन्तिम साता कास्कीमा दोस्रो माछापुच्छ्रे« गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश स्तरीय अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता पुष २६ देखि २८ गतेसम्म हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा प्रदेशका कम्तिमा पनि २५ वटा पालिकाको सहभागिता हुने भएको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताउनु भयो । माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ३ घाचोकमा संचालन हुने प्रतियोगिताको पुरस्कार राषिमा… पुरा पढौ

४ दिन देखि बेपक्ता युवाको शव सेतीनदीमा भेटायो

दीननाथ बराल पोखरा २८, मंसिर पोखरामा ४ दिन देखि बेपक्ता भएका युवाको शव सेतीनदीमा भेटिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा उपचारकै क्रममा वेपक्ता भएका पोखराका १९ बर्षका संगम मिश्रको सेतीनदीमा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सेतीनदीमा पानीको बाहाव बढायर खोजतलास गर्ने क्रममा विहिबार दिउँसो ३ः३० बजेको समयमा पोखरा ३ नदिपुर स्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा मिश्रको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताए… पुरा पढौ

व्यापार मेलामा ६ करोडको कारोबार

पोखरा, २८ मंसिर पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला ८८ हजार जनाले अवलोकन गरेको र करिब ६ करोड १५ लाखभन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मंसिर २१ गते समुद्घाटन भएको मेलामा महिलाहरु सहभागिता बढी भएको पनि बताए । ‘समुद्घाटनकै दिन पोखराका हजारौं महिलाहरुले प्रभाफेरीसहित मेलामा सहभागिता जनाउनुभयो,दैनिक रुपले हुने महिला सहभागिता लोभलाग्दो छ,’उनले भने,‘शुक्रबार र शनिबार अवलोकनकर्ताको चाप बढ्ने हामीले विश्वास लिएका छौँ ।’ संघका महासचिव… पुरा पढौ

पार्टी अध्यक्ष नेपालले नछाड्दासम्म पाटी नछाड्ने ः सांसद मनाङ्गेको उद्घोष

दीननाथ बराल पोखरा २८, मंसिर गण्डकी प्रदेश सभा सदस्य (सांसद) एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे) ले पार्टी अध्यक्ष माधव नेपालले पार्टी नछाडेसम्म आफुले पनि नछाड्ने बताउनु भएको छ । बिहीबार पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले पार्टी अध्यक्ष नेपालको प्रशंसा गर्दै पार्टी अध्यक्ष माधव नेपालले पार्टी नछाडेसम्म आफुले पनि नछाड्ने बताउनु भएको हो । अध्यक्ष नेपाल स्वच्छ छवि भएको कारण आँफू एकीकृत समाजवादी प्रवेश गरेको बताउदै सांसद गुरुङले… पुरा पढौ

सेरेसको थ्रि एस सुविधासहितकोशोरुम पोखराको नागढुंगामा

पोखरा २८, मंसिर विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथपोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिकशोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ। कम्पनीले पोखरामाथ्रि एस (सेल्स, सर्भिस र स्पेयरपार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामाडिलरशिपकालागिथापामोटर्सप्रालिसँग साझेदारी गरेको हो। शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथाउत्साही र सम्भावितग्राहकहरूलाईसेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमाकाम गर्नेछ। अग्रजउद्यमीहरू लगायतअन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमापोखरा उद्योग वाणिज्य संघकाअध्यक्षपवनप्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनकाअध्यक्ष… पुरा पढौ