पोखरा २८, मंसिर
विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथपोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिकशोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ। कम्पनीले पोखरामाथ्रि एस (सेल्स, सर्भिस र स्पेयरपार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामाडिलरशिपकालागिथापामोटर्सप्रालिसँग साझेदारी गरेको हो।
शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथाउत्साही र सम्भावितग्राहकहरूलाईसेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमाकाम गर्नेछ। अग्रजउद्यमीहरू लगायतअन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमापोखरा उद्योग वाणिज्य संघकाअध्यक्षपवनप्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनकाअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एम.ए.डब्लु ग्रुपकाचिफ अपरेटिङ अफिसर केशवचन्द्र सेनले शोरुमको उद्घाटन गरेका छन् । उक्तअवसरमाआ–आफ्नो धारणा राख्दै सेरेसको उपस्थितिसँगै पोखरामाविद्युतीय गाडीको माग बढ्ने र सेरेस लोकप्रियहुने विश्वास व्यक्त गरे ।
शोरुम उद्घाटनको अवसरमा २ जनाग्राहकलाई थापामोटर्सले सेरेस इभी हस्तान्तरण गरेको छ । सेरेस थ्रि र मिनी इभी हस्तान्तरण गरिएको हो । सेरेसले सन् २०२३ माविश्वको सबैभन्दादु्रतविकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमामान्यताप्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रतिआफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नतविद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।
सेरेसको बारेमाः
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ माविश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमामान्यतादिएको छ।
सेरेस युरोपप्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहितविश्वकाकरिब ७० देशहरूमाअवस्थित छ जसमा नेपाल७१औँ गौरवशाली स्थान बनेको छ।
सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभीउत्पादन गर्ने लक्ष्य राखेको छ।
संयुक्त राज्य अमेरिकाको सिलिकनभ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामाअवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागिआफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ।
नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ।
सेरेस ३ कम्फर्ट रप्रिमियमदुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्यक्रमशः४९,९९,०००। र ५२,९९,०००। बाट सुरु हुन्छ।
सेरेस मिनीईभीतीन भेरियन्टमा उपलब्ध छन् ।लो ट्रिम१८० किमी बेस अप्सन, मिड ट्रिम१८० किमीफुलअप्सन, र टप ट्रिम२२० किमीफुलअप्सन, जसको मूल्यक्रमशः रु १३,९९,०००। रु १६,४९,०००। र रु १७,९९,०००। रहेको छ ।