दीननाथ बराल
पोखरा २८, मंसिर
आउदो पुषको अन्तिम साता कास्कीमा दोस्रो माछापुच्छ्रे« गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश स्तरीय अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता पुष २६ देखि २८ गतेसम्म हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा प्रदेशका कम्तिमा पनि २५ वटा पालिकाको सहभागिता हुने भएको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताउनु भयो । माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ३ घाचोकमा संचालन हुने प्रतियोगिताको पुरस्कार राषिमा यस बर्ष बृद्धि गरिएको छ । गत बर्षको तुलनामा विजेतालाई यस बर्ष एक लाख थप गरी ३ लाख नगद पुरस्कार प्रदान गनिरे भएको हो । प्रतियोगिताको उपविजेतालाई भने २ लाख र सेमीफाइनलमा प्रबेश गरेका बाँकी दुई टिमलाई जनही ५०÷५० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने भएको भएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार त्यसै गरी विभिन्न विधागत तर्फ उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गर्ने भएको सामाजिक विकास समितिका संयोजक एवं माछापुच्छ्रे« ९ का वडाध्यक्ष हरी बहादुर क्षत्रीले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकले दाबी गरेको छ । भलिबल खेलको अतिरिक्त साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुतः हुने भएको प्रमुख प्रशासकिय अधिकृत गोपीकृष्ण अर्यालले बताउनु भयो ।
प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका कार्यालयको मुख्य सहयोग र वडा नम्बर ३ कार्यालयको समन्वय तथा माछापुच्छ्रे गाउँपालिका भलिवल संघको व्यवस्थापनमा सञ्चालन हुने भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा दर्ता शुल्क भने ५ हजार लाग्ने भएको छ । पर्यटकीय गाँउको उक्त खेलले खेल पर्यटनमा प्रबद्र्धन गर्ने माछापुच्छ्रे« ८ का वडाध्यक्ष राम गुरुङ्गले बताउनु भयो ।