दीननाथ बराल
पोखरा २८, मंसिर
पोखरामा ४ दिन देखि बेपक्ता भएका युवाको शव सेतीनदीमा भेटिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा उपचारकै क्रममा वेपक्ता भएका पोखराका १९ बर्षका संगम मिश्रको सेतीनदीमा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सेतीनदीमा पानीको बाहाव बढायर खोजतलास गर्ने क्रममा विहिबार दिउँसो ३ः३० बजेको समयमा पोखरा ३ नदिपुर स्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा मिश्रको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताए । उक्त शव त्यहाबाट निकालेर पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरा मा लगिएको उनले जनाए । स्थायी घर तनहुँ भई हाल पोखरा १६ को लामाचौरमा बस्दै आएका मिश्र यही मंसिर २५ गते साँझ ६ः२९ बजे मणिपालको इमर्जेन्सि वार्डमा स्वर सहितको अन्य उपचार गर्न लगिएकोमा सोही दिन देखि वेपक्ता भएका थिए ।
संगम मिश्र ज्वरो सम्बन्धी बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालको ईमर्जेन्सी वार्डमा आएकोमा चेकअपको क्रममा उनका बुवा हरि प्रसाद मिश्र औषधी लिन गएको अबस्थामा छोरा संगम मिश्र अस्पतालबाट वेपक्ता भएका थिए । वडा प्रहरी कार्यालय बगरको एक टोलीले मिश्रको खोजतलास गर्ने क्रममा मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलको बिचमा मिश्रले लगाएको कपडा र परिचय पत्र समेत फेला परेको थियो । सेतीनदीको माथि रहेको उक्त पुल क्षेत्र परिपरी केही दिन देखि खोजतलास गर्दा समेन नभेटिएकोले विहिबार उक्त सेतीनदीमा पानीको बाहक बढाएर खोज्दा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
विहिबार दिउँसो मध्यान्हः१२ः०० बजे देखी दिउसो ४ः०० बजेसम्म पोखरा १६ दिप स्थित रहेको ड्याम खोली खोजतलास समेत गरी दिनुहुन मिश्र परिवारबाट आएको अनुरोधका कारण विहिबार सेतीनदीको पानीको बाहब बढायर खोजिएको थियो । उक्त समयमा सेति नदीमा पानीको वाहफ बढ्न सक्ने हुँदा उक्त समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि प्रहरीले पूर्व सुचित गराएको थियो ।