दीननाथ बराल
पोखरा २८, मंसिर
गण्डकी प्रदेश सभा सदस्य (सांसद) एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे) ले पार्टी अध्यक्ष माधव नेपालले पार्टी नछाडेसम्म आफुले पनि नछाड्ने बताउनु भएको छ । बिहीबार पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले पार्टी अध्यक्ष नेपालको प्रशंसा गर्दै पार्टी अध्यक्ष माधव नेपालले पार्टी नछाडेसम्म आफुले पनि नछाड्ने बताउनु भएको हो ।
अध्यक्ष नेपाल स्वच्छ छवि भएको कारण आँफू एकीकृत समाजवादी प्रवेश गरेको बताउदै सांसद गुरुङले माधव नेपाल एक डाइनामिक नेता भएको प्रशंसा गर्नु भयो । सांसद गुरुङले भन्नुभयो “एउटा अध्यक्षमा भिजन हुनुपर्छ, नेता डाइनामिक हुनुपर्छ त्यो हाम्रो पार्टी अध्यक्ष माधव कुमार नेपालसंग छ, म पनि जस्तो पायो उत्सै नेताको पछि कहाँ लाग्छु, उहाँलाई नै हेरेर यो पार्टीमा आएको हुँ, उहाँले नै पार्टी छोड्नुभयो भने मैले पनि छोड्छु हाम्रो सानो पार्टी भएकोले अब पार्टी नै माओवादी÷एमाले वा अरु पार्टीसंग एकता गर्यो भने म पनि त्यतै जान अवस्य जान्छु । ”
आफुले मात्र चाहेर प्रदेशमा मन्त्री नहुने दाबी गर्दै उहाँले केन्द्रमा तीनवटा पार्टीका अध्यक्षले भनेपछि यहाँ मुख्यमन्त्रीले कार्यान्वयन गर्नुपर्ने सांसद गुरुङको भनाइ छ । आफ्नो अध्यक्षले यहाँको मुख्यमन्त्रीलाई फोन गर्ने नभई प्रचण्ड र शेरबहादुर लाई भन्नु पर्ने सबै सेटिङ केन्द्रबाटै हुने उहाँको दाबी थियो । आफूलाई मन्त्री बन्न कुनै इच्छा नभएको बताउदै सांसद गुरुङले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन र शिलन्यास गर्न व्यस्तता रहेको टिप्पर्णी गर्नु भयो ।