जिवनशैली पत्रिका

फेवा नव बर्ष महोत्सवको तयारी अन्तिम चरणमा, भारतीय पर्यटक पोखरामा उत्साहजनक

दीननाथ बराल नेपाली नयाँ बर्षको अवसरमा पोखरामा हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ मा ३ लाख दर्शक सहित पर्यटक भित्राउने लक्ष्य राखिएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा पोखरामा यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म ड्यामसाईड देखि लेकसाइडमा आयोजना हुने उक्त महोत्सवमा ३ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा चैत र… पुरा पढौ

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर,मुस्ताबका लागि प्रस्थान गरे बाइकर

काठमाण्डौं १९, चैत काठमाडौं – मुस्ताङसम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिबद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥यालीसातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो ¥याली आज पोखराको सराबकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ ।त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ ।पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाईपोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा गण्डकीका… पुरा पढौ

राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता चैत २१ देखि पोखरामा हुने

पोखरामा हुने ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा गरिएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाउने प्रतियोगिताकी टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज… पुरा पढौ

‘मानव बेचविखनको स्वरुप फेरिएको छ, अवस्था उस्तै छ’

सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि अवस्था उस्तै रहेको बताएका हुन् । कार्यक्रममा शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले मानव बेचविखनको स्वरुप र तरिका फेरिएपनि अवस्था उस्तै रहेको बताइन् । उनले होटल, स्पा, रेष्टुरेन्ट जस्ता कुरालाई व्यवस्थित तरिकाले लग्न नसक्दा समाजमा मानव बेचविखन विस्तार हुँदै गएको उल्लेख गरिन् । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु

प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषदमा आइतबार खेल संघहरु संग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको छ । परिषदले सबै खेल संघहरुलाई बैशाख भित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न भनेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै… पुरा पढौ

अघिल्लो सिटमा बस्नु भएकी यात्रु घटनाको बिषयमा के भन्नु हुन्छ त ! (भिडियो सहित)

दीननाथ बराल, आफ्नो परिक्षा सकेको समय त्यस माथि विदेशबाट आफ्ना बाबु स्वदेश आएको अवसरमा बाबा, आमा र भाइसंगै जिपमा पोखराबाट शल्यान तर्फ लागेका सोनिसा सुनार परिवारले आइतबार दोश्रो जीवन पाए सरी भएको छ । एउटै जिपमा सवार भएका १२ जना मध्य २ जनाले ज्यान गुमाउनु परेको अबस्थामा सोनिसा परिवार मध्यम घाइते भई उक्त दुर्घटनामा परी दोश्रो जीवन पाए सरी हुनु भएको छ । चालक नजिक अघिल्लो सिटमा बस्नु भएको सुनारले जिप बढी स्पीडमा रहेको तथा ओरालो र ट्रनिङमा विपरित साइडबाट… पुरा पढौ

कास्कीको भदौरे (थामकोडाडाँ) मा जिप दुर्घटनामा परी २ जनाको मृत्यु

दीननाथ बराल, कास्कीको भदौरे (थामकोडाडाँ) मा आज जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा देखि शल्यान जादै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जिप कास्कीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने सल्लाघारीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकोे कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पोखरा २३ पामे क्षेत्रका ५५ बर्षीय लक्ष्मण सुनार र ५२ बर्षीय जयराम सुनार रहनु भएको छ । जिप दुर्घटनामा परी गम्भिर घाइते हुनु भएको उहाँहरुलाई मणिपाल शिक्षण अस्पतालमा पुर्याएसंगै चिकित्सकले मृत घोषणा… पुरा पढौ

कोशीका उवा संघका सचिवालयको टोली पोउवा संघमा

पोखरा, १८ चैत कोशी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघको सचिवालयमा कार्यरत प्रमुख÷ प्रतिनिधिहले पोखरा उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य वीरेन्द्रकुमार साहको नेतृत्वमा अध्ययन–अवलोकन भ्रमणमा आएका उनीहरुलाई संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्की, उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य,उपमहासचिव शोभा गौतमलगायतले विभिन्न जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले पोखराको जेठो सामाजिक संस्थाको हैसियतले गरेका विकास निर्माणका कामहरुबारे जानकारी गराए । सबल सचिवालय… पुरा पढौ

गण्डकीका कबड्डी खेलाडीहरुको बिदाई

गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ । सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन ९कप्तान०, २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर… पुरा पढौ

कास्कीको भदौरेमा जिप दुर्घटना २ जना गम्भिर घाइते

दीननाथ बराल, कास्कीको भदौरेमा आज जिप दुर्घटना हुँदा जिपमा सवार २ जना गम्भिर घाइते हुनु भएको छ । पोखरा देखि शल्यान जादै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जिप कास्कीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने सल्लाघारीमा दुर्घटना हुँदा २ जना गम्भिर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ । घाइते हुनेहरुको हाल पहिचान नखुलेको कास्कीका प्रहरी प्रमुख एस.पी.मोहन कुमार थापाले बताउनु भयो । उक्त जिपमा सवार १२ जना नै घाइते भएको एस.पी.थापाले पोखराक्लिकलाई बताउनु भयो । घाइतेहरुको स्थानीय र… पुरा पढौ