कास्कीको भदौरेमा जिप दुर्घटना २ जना गम्भिर घाइते

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

कास्कीको भदौरेमा आज जिप दुर्घटना हुँदा जिपमा सवार २ जना गम्भिर घाइते हुनु भएको छ । पोखरा देखि शल्यान जादै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जिप कास्कीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने सल्लाघारीमा दुर्घटना हुँदा २ जना गम्भिर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ । घाइते हुनेहरुको हाल पहिचान नखुलेको कास्कीका प्रहरी प्रमुख एस.पी.मोहन कुमार थापाले बताउनु भयो ।

उक्त जिपमा सवार १२ जना नै घाइते भएको एस.पी.थापाले पोखराक्लिकलाई बताउनु भयो । घाइतेहरुको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी हाल पोखराको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार भई रहेको छ । उक्त जिप दुर्घटना दिउँसो करिब ४ः२५ बजे भएको हो भने जिप सडक देखि करिब डेढ सय मिटर तल खसेको स्थानीयले बताउनु भयो ।