
काठमाण्डौं १९, चैत
काठमाडौं – मुस्ताङसम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिबद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली
सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो ।
सो ¥याली आज पोखराको सराबकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ ।
त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ ।
पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई
पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्व सदस्य
सम्पन्न श्रेष्ठ र पोखरा महानगर खेलकुद परिषद अध्यक्ष दिपक गोदारले स्वागत गर्नेछन्।
माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिबलाई प्रवर्धन गर्ने उद्देश्यका
साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिबको सन्देश समेत फैलाउन
सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।
जोमसोममा मोटोखाना रेसिब, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिब र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न
क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकद परिषद्र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (ँक्ष्ः) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।