जिवनशैली पत्रिका

लायन्स क्लब अफ पोखरा चौतारीद्धारा न्यानो कपडा तथा स्टेशनरी वितरण

पोखरा, फागुन ९ , लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराहि आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ । गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउनुहुदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताउनुभयो । बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उहाँको… पुरा पढौ

बिटी कपः उपाधिका लागि एट टु नाइन र लामागाउँ भिड्ने

पोखरा, ९ फागुन बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन… पुरा पढौ

व्यवसायिक किसानलाई कृषि सामाग्री वितरण

फागुन ९ , पोखरा, पोखरा महानगरपालिका वडा नं। ७ ले आफ्नो वडा भित्र रहेका व्यवसायिक कृषकलाई कृषि सामाग्री वितरण गरेको छ । वडामा रहेका व्यवसायिक कृषकहरुको फार्मलाई अनुगमन गरि उत्पादन र क्रियाशिलताका आधारमा कृषि सामाग्री वितरण गरिएको वडा सदस्य विष्णुमणी बरालले जानकारी दिनुभयो । वितरण कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्र रहेका व्यवासायिक किसानहरुको व्यवासायीक सफलता र प्रोत्साहनका लागि सामाग्री वितरण गरेको बताउनु भयो । वडा नं। ७ लाई दुध तथा तरकारीमा आत्मानिर्भर बनाउन… पुरा पढौ

पोखरामा विद्यालयस्तरीय क्रिकेट सुरु, हिमालयन र गण्डकीको विजयी सुरुवात

पोखरा ९, फागुन, पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हिमालयन माविले बालमन्दिर माविमाथि सहज जित निकालेको हो । हिमालयनले बालमन्दिर माविलाई ११६ रनले पराजित गरेको हो । हिमालयनले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको बालमन्दिर १२ ओभर ५ बलमा ६२ रनमै समेटिएको हो । लमन्दिरका मनिल अर्यालले सर्वाधिक १५ रन जोडे… पुरा पढौ

६० बर्ष उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा हुने

दीननाथ बराल,पोखरा ९, फागुन, पोखरामा यही फागुनको १२ गते अर्थात शनिबार प्रथम ६० बर्ष उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा मुस्ताङचोकमा रहेको पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लव (सिरमोर हल) मा हुने यस प्रतियोगितामा देश भरबाट २४ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष रुद्र बहादुर घलेले बताउनु भयो । प्रतियोगिताको… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, पहिलो दिन भुवनलाई अग्रता

पोखरा,फाल्गुन ९ सूर्य नेपाल गल्फ टुर अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन्। पोखरास्थित पार(६९ को हिमालयन गल्फ क्लबमा‌ पुर्व नम्बर एक प्रो भुवन ३(अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन। एमेच्योर खेलाडी सदभाव आचार्य २(अण्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे। रवि खड्का र निरज तामाङले इभन(पार ६९ को स्कोरमा संयुक्तरुपमा तश्रो स्थान बाँडे। १(ओभर ७० सहित धन बहादुर थापा पाँचौ स्थानमा रहँदा दीपक आचार्य र टंक बहादुर… पुरा पढौ

पोखरामा बुधबार देखि सूर्य नेपाल वेस्टर्न ओपन हुने

दीननाथ बराल पोखरामा भोलि (बुधबार) देखि सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता सुरू हुने भएको छ । पोखराको हिमालयन गल्फ कोर्षमा तीन दीन संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जना सहित देश भरका ५० जना खेलाडीहरू सहभागी हुने भएको प्रोफेसनल गल्फ संघ नेपालका महासचिव दीपक आचार्यले बताउनु भयो । प्रतियोगिता ५४ होलमा हुने तयारी गरिएको छ भने सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल(व्यवसायीक) र १५ एमेच्योर… पुरा पढौ

बिषय बस्तु राम्रोसंग नबुझि लाइक तथा शेयर नगर्न मन्त्री सिंखडाको आग्रह

पोखरा ८, फागुन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले अनलाईन तथा सामाजिक संजालमा आएका बिषय बस्तु राम्रोसंग नबुझि लाइक तथा शेयर नगर्न आग्रह गर्नु भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको लैगिक समानता तथा समावेसीकरणको नीति र यसको कार्यान्वयन बिषयक छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिंखडाले पछिल्लो समयमा नकरात्मक कुराको बढी चर्चा हुने गरेको उल्लेख गर्दै अनलाइन संचार माध्यम तथा सामाजिक संजालमा आएका बिषय बस्तुहरु राम्रोसंग नबुझी लाइक तथा शेयर नगर्न उहाँले आग्रह गर्नु भएको हो ।… पुरा पढौ

बिटी कप लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

पोखरा, ८ फागुन बुद्धटोल युवा ९बिटी० क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज ९मंगलबार० भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्यो ।लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले… पुरा पढौ

गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर शो सम्पन्न, सिनेमाले पायो राम्रो तारिफ

गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो ।गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ ९श्याम० ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट… पुरा पढौ