जिवनशैली पत्रिका

घान्द्रुक महोत्सवको तयारी तिव्र, महोत्सवमा क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने

दीननाथ बरालपोखरा १५, चैत, कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव २०८० को तयारी तिव्र पारिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । “सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती रहने भएको महोत्सवका… पुरा पढौ

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिनुभयो । २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताउनुभयो । अध्यक्ष पुनले फाउण्डेशनको सहयोगप्रति धन्यवाद… पुरा पढौ

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

काठमाडौं, १५ चैत , दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो । दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र… पुरा पढौ

टोकियोमा मोटर साइकल दुर्घटना हुँदा अमित श्रेष्ठ को मृत्यु

जापान संवाददाताटोकियो १५, चैत टोकियोमा बुधवार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको छ । टोकियोमा मार्च २७ तारिख बुधवार बिहान भएको दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको हो । टोकियो शिनओकुबो स्थित एक रेष्टुरेण्टमा साथीहरुसंग खानपिन गरेर आफ्नो बासस्थानतर्फ मोटरसाइकलमा फर्कनेक्रममा भएको दुर्घटनामा उनको निधन भएको हो । बिहान करिव ५ बजेको समयमा भएको दुर्घटना एक यात्रुबहाक ट्याक्सिसँग ठोक्किएर भएको हो । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार अर्का एक नेपाली युवा पनि घाइते… पुरा पढौ

कास्कीमा गत बर्ष भन्दा १५ जना कम परिक्षार्थी एसईईमा सहभागि हुदै

दीननाथ बराल, कास्की जिल्लाबाट यस बर्षको एसईई परिक्षामा १० हजार १ सय ७४ जना परिक्षार्थीहरु सहभागि भएका छन्। आज देखि सुरु भएको एसईई परिक्षामा कास्कीका ३५ वटा परिक्षा केन्द्रमा १० हजार १ सय ७४ जना परिक्षार्थीहरु सहभागि भएको शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले बताउनु भयो । उक्त परिक्षामा ५ हजार ३ सय २ जना छात्र र ४ हजार ८ सय ७२ जना छात्रा सहभागि भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । पोखरा महमानगरमा ३३ वटा केन्द्र कास्कीका… पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी (कसको मत कति)

नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनबाट उहाँले निकटम् प्रतिद्धन्दी माधव प्रसाद बास्तोलालाई पराजित गर्दै जित हासिल गरेका हुन् । २ सय ४ मत अन्तरले क्षेत्रीले जित हासिलद गर्नुु भएको हो । क्षेत्री ले ५ सय ५१ मत ल्याउदा बास्तोलाले भने ३ सय ४७ मत प्राप्त गर्नु भएको थियो । क्षेत्री एमाले नेता एवं खगराज अधिकारीको निकटका हुनुहुन्छ भने बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार हुनु हुन्थ्यो… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

पोखरा १४, चैत आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले… पुरा पढौ

श्री एयरलाइन्सले अमेरिकामा संचालनमा रहेका दुई जहाज नेपाल भित्रायो

पोखरा १३, चैत श्री एयरलाइन्स(कम्पनी) ले संयुक्त राज्य अमेरिकामा संचालनमा रहेका दुई वटा जहाज नेपाल भित्राएको छ । नेपालमा हवाई उडानको मागलाई मध्यनजर गरी कम्पनीले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई वटा जहाज नेपालमा भित्र्याएको हो । संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू श्री एयरलायन्सले नेपालमा ल्याएको हो भने जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावर युक्त रहेको एयरलाइन्सको… पुरा पढौ

पोखरा देखि बागलुङसम्म इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सुरु

दीननाथ बराल, पर्यटनको राजधानि पोखरामा इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले पोखरा देखि बागलुङसम्मका लागि हाल उक्त सेवा सुरु गरेको समितिका अध्यक्ष उमेश केसीले पोखराक्लिकलाई बताउनु भयो । समितिले हाल परिक्षण गर्न पनि दुई वटा साइक्रो बसबाट सुरु गरेको हो । एउटा पोखराबाट छुट्छ भने अर्को बागलुङबाट बिहान एकै समयमा ६ः०० बजे बस छुट्ने भएको अध्यक्ष केसीले बताउनु भयो । उहाँले भन्नुभयो,“पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसैले गर्दा… पुरा पढौ

घान्द्रुक महोत्सवमा भलिवल, बास्केटवल, घोडचढी प्रतियोगिता हुने

दीननाथ बराल, कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा एक लाख पुरस्कार राषि भएको क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा उक्त प्रतियोगिता हुने भएको समितिले जनाएको छ । “सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती… पुरा पढौ