टोकियोमा मोटर साइकल दुर्घटना हुँदा अमित श्रेष्ठ को मृत्यु

-


     पोखरा क्लिक     
     चैत्र १५ गते २०८० मा प्रकाशित


जापान संवाददाता
टोकियो १५, चैत

टोकियोमा बुधवार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको छ । टोकियोमा मार्च २७ तारिख बुधवार बिहान भएको दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको हो । टोकियो शिनओकुबो स्थित एक रेष्टुरेण्टमा साथीहरुसंग खानपिन गरेर आफ्नो बासस्थानतर्फ मोटरसाइकलमा फर्कनेक्रममा भएको दुर्घटनामा उनको निधन भएको हो । बिहान करिव ५ बजेको समयमा भएको दुर्घटना एक यात्रुबहाक ट्याक्सिसँग ठोक्किएर भएको हो । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार अर्का एक नेपाली युवा पनि घाइते भएका छन ।

मोटरसाइकल दुर्घटनामा निधन भएका श्रेष्ठलेनै चलाएका थिए । नेपालको रामेछाप घर भई बिद्यार्थी भिसामा आएर हाल रोजगार भिसामा परिवर्तन श्रेष्ठले जापानको मोटरसाइकलको लाइसन्स निकालेको एक बर्ष पुग्न बाँकी रहेको बुझिएको छ ।

बिहिबार, चैत १५, २०८० मोटरसाइकल बिपरित दिशाबाट आईरहेको ट्याक्सीसँग ठक्कर खाएर दुर्घटनामा भएको जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका श्रेष्ठलाई अस्पताल पुर्याउँदा निधन भएको थियो । मोटरसाइकलसँग ठक्कर खाएको कारका चालकले आफुले चलाएको गाडी ठक्कर खाएकोमा स्विकार गरेका छन । प्रहरीले हाल घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।दुर्घघटनाको विषयमा नेपालस्थित परिवार र नेपाली राजदूतावास जापानलाई गराइ सकिएको छ ।