दीननाथ बराल,
कास्की जिल्लाबाट यस बर्षको एसईई परिक्षामा १० हजार १ सय ७४ जना परिक्षार्थीहरु सहभागि भएका छन्। आज देखि सुरु भएको एसईई परिक्षामा कास्कीका ३५ वटा परिक्षा केन्द्रमा १० हजार १ सय ७४ जना परिक्षार्थीहरु सहभागि भएको शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले बताउनु भयो ।
उक्त परिक्षामा ५ हजार ३ सय २ जना छात्र र ४ हजार ८ सय ७२ जना छात्रा सहभागि भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । पोखरा महमानगरमा ३३ वटा केन्द्र कास्कीका दुई पालिका अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिका गरी ३५ वटा केन्द्र रहेकाछन भने कास्कीका दुई पालिका माछापुच्छ«े गाउँपालिका र मादी गाउँपालिकाका परिक्षार्थीहरुले भने पोखराका बिद्यालयबाट परिक्षा दिनुपर्ने बाध्यता रहेको छ । भद्रकालिका माविमा सबै भन्दा धेरै परिक्षार्थी ३ सय ७८ जना र सबै भन्दा कम रुपा गाउँपालिकाको चन्द्र प्रवाह माविबाट परिक्षार्थीहरु सहभागि भएको प्रमुख आचार्यले जनाउनु भयो । १ सय ६५ सामुदायिक बिद्यालय र १ सय २२ संस्थागत बिद्यालयका परिक्षार्थी यस बर्षको एसईईमा सहभागि हुनु भएको छ ।
विहिबार विहान ८ बजे देखि सुरु भएको उक्त परिक्षामा कास्कीका १० जना दृष्टिविहिन र १६ जना सुष्टश्रवण सहभागि हुने भएको उहाँले जनाउनु भयो । अम्मरसिंह नमुना माविबाट ५ जना एक जना खुल्ला, अन्य न्यून दृष्टिविहिन सहित गरी १० जना दृष्टिविहिन र सृजना बहिरा माविबाट १६ जना सुष्त श्रवण सहभागि भएको प्रमुख आचार्यले जनाउनु भयो । पहिलो दिनको एसईइस् शान्ति पूर्ण रुपमा संचालन भएको उहाँले जनाउनु भयो ।
गत बर्ष १० हजार १ सय ८९ परिक्षार्थी एसईई परिक्षामा सहभागि हुनु भएको थियो । गत बर्ष भन्दा यस बर्ष १५ जना परिक्षार्थी कम सहभागि हुनु भएको छ । महतगौडाको जानकी मावि यसपाली केन्द्रको रुपमा बढेको हो । गत बर्ष ३४ वटा परिक्षा केन्द्र रहेका थिए ।