एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी (कसको मत कति)

-


     पोखरा क्लिक     
     चैत्र १४ गते २०८० मा प्रकाशित


नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनबाट उहाँले निकटम् प्रतिद्धन्दी माधव प्रसाद बास्तोलालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

२ सय ४ मत अन्तरले क्षेत्रीले जित हासिलद गर्नुु भएको हो । क्षेत्री ले ५ सय ५१ मत ल्याउदा बास्तोलाले भने ३ सय ४७ मत प्राप्त गर्नु भएको थियो । क्षेत्री एमाले नेता एवं खगराज अधिकारीको निकटका हुनुहुन्छ भने बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार हुनु हुन्थ्यो ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनावमा प्रतिष्प्रर्धा गर्नु भएको थियो । ९ सय ३५ मत मध्य ९ सय १४ जनाले मतदान गरेको निर्वाचन कार्यालयले पोखराक्लिकलाई जनाएको छ ।