अघिल्लो सिटमा बस्नु भएकी यात्रु घटनाको बिषयमा के भन्नु हुन्छ त ! (भिडियो सहित)

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८० मा प्रकाशित



दीननाथ बराल,


आफ्नो परिक्षा सकेको समय त्यस माथि विदेशबाट आफ्ना बाबु स्वदेश आएको अवसरमा बाबा, आमा र भाइसंगै जिपमा पोखराबाट शल्यान तर्फ लागेका सोनिसा सुनार परिवारले आइतबार दोश्रो जीवन पाए सरी भएको छ ।

एउटै जिपमा सवार भएका १२ जना मध्य २ जनाले ज्यान गुमाउनु परेको अबस्थामा सोनिसा परिवार मध्यम घाइते भई उक्त दुर्घटनामा परी दोश्रो जीवन पाए सरी हुनु भएको छ ।

चालक नजिक अघिल्लो सिटमा बस्नु भएको सुनारले जिप बढी स्पीडमा रहेको तथा ओरालो र ट्रनिङमा विपरित साइडबाट मोटरसाइकल आएकोले मोटरसाइकललाई साइड दिन खोज्दा जिप दुर्घटनामा परेको उहाँको भनाई छ । पोखराको स्पाइरल ग्यालेक्सि कक्षा ९ मा अध्ययनरत सुनारका बाबा अन्नपूर्ण गाँउपालिका ५ सल्यान बस्ने ३५ बर्षका प्रकाश सुनार आमा सुशिला र २२ महिनाको बालक सुप्रिम भाइ संगै हुनु हुन्थ्यो ।

भिरालोमा दाइने साइडमा ट्रनिङ हुनुपर्नेमा विपरित साइड देब्रे तर्फ ट्रनिङ हुँदा जिप दुर्घटना भएको स्थानिय बिष्णु बहादुर बिकले पोखराक्लिकलाई बताउनु भयो । घटना हुन साथ कास्की प्रहरी, शसस्त्र प्रहरी वल कालिका गणको टोली तथा स्थानिय बासि उद्धारमा खटिएको थियो ।