१९ चैत पोखरा, लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । क्लबको वार्षिक कार्ययोजनानुसार स्याङ्जाको भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष हरि भाटसहितका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक दीपक रानाभाटलाई विद्यालय पोशाक, स्टेशनरी, पुस्तकलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि क्या. हुमबहादुर रानाभाटले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावक सचेत हुनुपर्नेमा धारणा राखे । रानाभाट, भाट समाज जिल्ला समिति स्याङ्जाका अध्यक्ष लालबहादुर रानाभाटले…
पुरा पढौ