कास्कीको भदौरे (थामकोडाडाँ) मा जिप दुर्घटनामा परी २ जनाको मृत्यु

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

कास्कीको भदौरे (थामकोडाडाँ) मा आज जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा देखि शल्यान जादै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जिप कास्कीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने सल्लाघारीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकोे कास्की प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा पोखरा २३ पामे क्षेत्रका ५५ बर्षीय लक्ष्मण सुनार र ५२ बर्षीय जयराम सुनार रहनु भएको छ । जिप दुर्घटनामा परी गम्भिर घाइते हुनु भएको उहाँहरुलाई मणिपाल शिक्षण अस्पतालमा पुर्याएसंगै चिकित्सकले मृत घोषणा गरेको थिया ।

जिपमा सवार हुने १० जना घाइते हुनु भएको छ भने हाल उहाँहरुको पहिचान नखुलेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताउनु भयो । उक्त जिपमा सवार १२ जना नै घाइते भएको एसपी थापाले बताउनु भयो । घाइतेहरुको स्थानिय र प्रहरीको सहयोगमा हाल पोखराको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा उपचार भई रहेको छ । उक्त जिप दुर्घटना दिउँसो करिब ४ः२५ बजे भएको छ । जिप सडक देखि करिब डेढ सय मिटर तल खसेको स्थानियले बताउनु भयो । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ४ जनाको उपचार हुदैछ भने अन्यको मणिपालमा उपचार भई रहेको छ ।
जिप चालक कास्की अन्नपूर्ण गा.पा. ४ बस्ने २२ बर्षका धनराज सुनारको अबस्था मध्यम रहेको छ । अन्य घाइते हुनेहरुमा पोखरा २३ बस्ने ५८ का लक्ष्मण कामी, सल्यान बस्ने ७ बर्षका आरुष बि.क., अन्नपूर्ण ४ कै ४१ बर्षीय राज कुमार बि.क.को प्रतिष्ठानमा उपचार हुदै गरेको छ । त्यसै गरी मणिपाल शिक्षण अस्पतालमा ५ जनाको उपचार हुदै छ । अन्नपूर्ण गाँउपालिका ५ सल्यान बस्ने ३५ बर्षका प्रकाश सुनार, अन्नपूर्णकै ३५ की सुशिला सुनार, १५ कर्षकै सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार घाइते भएका छन उनीहरु एकै परिवारका सदस्य हुनु हुन्छ । त्यसै गरी पोखरा २३ बस्ने ६० बर्षका राम प्रसाद सुनार र अन्नपुर्ण गा.पा. ४ का ५० बर्षीय देउमाया के.सी.घाइते हुनु भएको छ । घटनाको बारेमा अनुसन्धान भई रहेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले पोखराक्लिकलाई बताउनु भयो । घटनाको बारेमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।