जिवनशैली पत्रिका

सौंर्यको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु, पाइलट शाक्यको उपचार हुदै

काठमाण्डौं ९, साउन, काठमाण्डौंबाट आज बिहान करिब ११ः११ बजे पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १८ जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडान भए लगत्तै चिप्लियर विमानस्थलको दाहिने तर्फ मोडनि गई पूस्र्व तर्फको स्थानमा विमान दुर्घटना हुदा १८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । पाइलट मनिषरत्न शाक्यको उपचार हुदै गरेको बताइएको छ । उक्त विमानमा सबै सौर्यका इन्जिनियर सहितका कर्मचारी रहनु भएको थियो । उक्त घटनास्थलमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले… पुरा पढौ

रुटिङ चेकिङको लागि पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १५ को मृत्यु ( विमानमा सवार हुनेहरुको नाम सहित )

रुटिङ चेकिङको लागि काठमाण्डौंबाट आज बिहान करिब ११ः०० बजे पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १५ को मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडान भए लगत्तै चिप्लियर विमानस्थलको पूर्व तर्फको खाडलमा बजारिदा विमानमा सवार मध्य १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उक्त विमानमा सबै सौर्यका इन्जिनियर सहितका कर्मचारी रहनु भएको थियो ।सौर्य एअरको विमान आज बिहान १०ः०० बजे पोखरा आउने कार्यतालिका रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता जसोधा सुवेदीले बताउनु भयो ।… पुरा पढौ

काठमाण्डौं विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा, उद्धार कार्य जारी

काठमाण्डौं ९, साउन, काठमाण्डौं विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ । आज विहान करिब ११ः०० बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ( ९ एनएएमई) जहाजमा १९ जना यात्रारत रहेको प्रारम्भिक रुपमा बुझिएको छ । उद्धार कार्यमा हाल सुरक्षाका तीनै अंग सहित स्थानियबासि लाग्नु भएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । पुरा पढौ

डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गत विविध कार्यक्रम

लायन्स अन्तरास्ट्रीय ,डिस्ट्रिक ३२५ एम ,क्लस्टर एक अन्तर्गत पर्ने क्लवहरुले सेवाको कार्यलाई निरन्तरता दिएका छन | क्लस्टर १ अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेसनले क्लवका पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा क्लवका सदस्य एव शुभचिन्तकहरुको उपस्थिति एव सहयोगमा ब्याज रकमबाट विपन्नतामा परेका र बिपदमा परेका दुइ जनालाई सहयोग गर्ने गरी रु २,२२,२२२/- (अक्षरुपि दुइ लाख वाइस हजार दुइ सय वाइस रुपैया) को अक्षयकोष निर्माण गरेको छ | क्लवका अध्यक्ष खेमराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सिग्नेचर प्रोजेक्ट एक्सपर्ट शारादामोहन काफ्ले, क्लस्टर… पुरा पढौ

पोखरा रोयल सहकारीको ६ करोड ८२ लाख नाफा

दीननाथ बराल, पोखरा ८, साउन पोखराको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा करिब ६ करोड ८२ लाख संचालन नाफा आम्दानी गर्न सफल भएको छ । सहकारीकोले २ अर्ब ५२ करोडको कारोवार गर्दा उक्त रकम संचालन नाफा आम्दानी गर्न सफल भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले बताउनु भयो । संस्थाको ६१ करोड भन्दा बढी रकम तरलता भएकोले उक्त रकम उचित कर्जा लगानीको खोजिमा रहेको उहाँको भनाई छ । सहकारीले गत बर्ष १ अर्ब… पुरा पढौ

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ स्थापनाको अवसरमा पोखरा आयोजित रंक्तदान कार्यक्रमबाट ८८ यूनिट रंक्त संकलन

पोखरा ८, साउन नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ को ९ औं वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा मंगलबार पोखरामा आयोजित खुल्ला रंक्तदान कार्यक्रमबाट ८८ यूनिट रंक्त संकलन भएको छ । महासंघ प्रदेश समन्वय समिति, गण्डकी प्रदेश तथा कास्की जिल्ला संघको आयोजनामा एवं सिटिजन फर्निचरको सहकार्यमा पोखराको न्यूरोडमा भएको रंक्तदान कार्यक्रमबाट उक्त यूनिट रंक्त संकलन भएको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले बताउनु भयो । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान… पुरा पढौ

पोखरा २४ सार्वजनिक सुनुवाई सम्पन्न, चुनावी वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता

पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन पनि उनिहरुको अनुरोध थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्ष भित्र पामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने पनि उनिहरुको भनाई थियो । खानेपानी समस्या समाधानका… पुरा पढौ

प्रतिभा माविमा स्वागतःडाःथापाको सुझावः पढाईमा कहिल्यै हिम्मत नहार्नु

पोखरा, साउन ८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनैपनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन् । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले मंगलबार कक्षा ११ का विज्ञान विषयका नवआगन्तुक विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रममा प्रमुख अतिथि रहेका थापाले भने, ‘पढाईमा कहिल्यै हिम्मत हार्नुहुँदैन । कुनैपनि विषय अध्ययन गर्दा हिम्मत नहारौं, अनेक चुनौती आउँछन, तर, हिम्मत हारेमा पढाई पुरा हुँदैन ।’ आफ्नो उद्देश्य प्राप्तिको लागि ध्यान दिनुपर्ने पनि उनले बताए । ‘आफ्नो उद्देश्य कहिल्यै नर्बिसनु,’… पुरा पढौ

राजदुत क्षेत्रीले गरे तेक्वान्दो टोलीको बिदाई

मित्र राष्ट्र दक्षिण कोरियामा आयोजना हुने विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन जाने नेपाली खेलाडीहरुलाई युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्रीले बिदाइ गरेका छन । आबुधाबी स्थित नेपाली राजदुतावासमा आयोजित एक कार्यक्रमकाबीच राजदुत क्षेत्रीले सोमबार ७ गते युएईबाट प्रतिस्पर्धा गर्न जाने नेपाली खेलाडी तथा अफिसियलहरुलाई बिदाइ गरेका हुन । खेलाडीहरु लगाएत युएईका लागी कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाई गर्दै राजदुतले सफलताको शुभकामना दिएका छन । उनले बिदाईका क्रममा खेलाडिहरुको हौसला बढाउदै “रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर विदेश आएर… पुरा पढौ

शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

काठमाण्डौ ,साउन ८, शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया , लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह(सचिब केशब प्रसाद दाहालले जानकारी दिनुभयो । प्रबक्ता दाहालका अनुसार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित तिन सदस्यीय समितिलाई सुझाब सहितको प्रतिबेदन पेश गर्न मन्त्रिस्तरीय… पुरा पढौ