
पोखरा ८, साउन
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ को ९ औं वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा मंगलबार पोखरामा आयोजित खुल्ला रंक्तदान कार्यक्रमबाट ८८ यूनिट रंक्त संकलन भएको छ । महासंघ प्रदेश समन्वय समिति, गण्डकी प्रदेश तथा कास्की जिल्ला संघको आयोजनामा एवं सिटिजन फर्निचरको सहकार्यमा पोखराको न्यूरोडमा भएको रंक्तदान कार्यक्रमबाट उक्त यूनिट रंक्त संकलन भएको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले बताउनु भयो ।

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले उद्घाटन गर्दै मानव जीवनमा रंक्तदान जस्तो पवित्र कार्यलाई आगामी दिनमा निरन्तरता दिने बताउनु भयो । व्यवसायीहरुले व्यवसायको साथमा सामाजिक उत्तरदाहित्व समेत बहन गर्नुपर्ने उहाँको भनाई थियो । “रक्तदान जीवनदान, जीवनदान महादान, रंक्तदान गरौं पुण्य कमाऔं” भन्ने नारा सहित उक्त कार्यक्रम सम्पन्न भएको सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीले बताउनु भयो ।

महासंघको पहलमा सोमबार पोखरा सितापाइलामा बृक्षारोपण समेत गरिएको महासंघ कास्कीका महासचिव प्रमेश्वर दवाडीले बताउनु भयो । विश्वास केसी, रोक विर सुनार र प्रदिप सुनारलाई उक्त अवसरमा महासंघले औजार वितरण गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, प्रदेश अध्यक्ष हिरामणि पण्डित, संघ कास्की अध्यक्ष पूर्णशोभा गुरुङ, सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्की लगायतले वोल्नु भएको थियो ।






