पाेखरा १५ जेठ सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको बारेमा आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन आग्रह गर्नुभएको छ । सत्रौं गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा आयोजना गरेको मुल समारोहमा बोल्दै प्रदेश स्थापना पश्चात गण्डकी प्रदेशमा उर्जा, खानेपानी, सञ्चार, कृषि पर्यटन लगायतका क्षेत्रमा जनताले महशुस गर्नेगरी सकारात्मक परिवर्तन आएको दावी गर्नुभयो । प्राप्त उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नभएपनि जनताबाट आएको टिप्पणीलाई ध्यान दिँदै अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘हामी गर्न सक्छौं, आँटौ,…
पुरा पढौ