जिवनशैली पत्रिका

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गरे । उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी बनेकोमा… पुरा पढौ

हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम

आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. २५ को सहयोग तथा सर्प संरक्षण समाजको सहकार्यमा भएको जनचेतना मूलक कार्यक्रममा २ सय ५० जनाको सहभागिता रहेको थियो । विषालु र अविषालु सर्प कसरी चिन्ने, सर्पबाट हुने फाइदा, यसबाट वच्ने उपायका विषयमा कार्यक्रम जानकारी दिइएको थियो । कार्यक्रममा सर्प संरक्षण समाजका अनुसन्धानकर्मी एवम् सर्प संरक्षणकर्मी ऋषि बरालले नेपालका विषालु सर्पहरु पहिचान, सर्प दंश र त्यसको व्यवस्थापन, सर्प संरक्षण… पुरा पढौ

गोर्खा र तनहुँका होटल व्यावसायिलाई दमौलीमा तालिम,(भिडियो सहित)

आगन्तुक पाहुनालाई गुणस्तरिय सेवा सहितको सुविधा दिन सुझाव दीननाथ बराल, दमौली ३०, वैशााख, मस्र्याङ्दी करिडोर अन्तर्गत गोर्खा र तनहुँका होटल व्यावसायिलाई दमौलीमा तालिम दिन सुरु गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तनहुँमा आईतबार देखि दुई दिने आवासीय तालिम सुरु भएको हो । सोमबारसम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका उप प्रमुख ईन्दीरा दराईले व्यवसायीहरुलाई आफ्नो व्यवसायिक मर्यादामा रहेर व्यवसाय गर्न सुझाव दिदै होटलमा आउने पाहुनालाई गुणस्तरिय सेवा सुविधा उपलब्ध… पुरा पढौ

फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु

दीननाथ बराल,पोखरा ३०, वैशाख, पोखराको फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु भएको छ । पोखरा–१८ खपौदी ढल्केबर स्थित फेवातालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी“ भन्ने मुल नाराका साथ फेवातालको मुहानबाट जलकुम्भी झार सफाइ अभियान आइतबारबाट सुरु भएको हो । नागरिक महाअभियान कास्कीका संयोजक समेत रहनु भएको राम बहादुर पौडेलको अध्यक्षतामा भएको सफाई अभियानमा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराका गणपति एसपी अरुण पौडेल शर्मा सहितको टोलीले सफाई अभियानको सुरुवात गर्नु भएको हो… पुरा पढौ

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्ण ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उहाँले खुलाउनुभयो । ‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी… पुरा पढौ

यूनाइटेड क्लब पोखराद्धारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग

यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो… पुरा पढौ

लम्जुङ, गोर्खा र तनहुँका होटल व्यावसायिलाई दक्ष पार्न दमौलीमा तालिम

दीननाथ बराल,दमौली, २९, वैशााख होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त अयाोजनामा तनहुँमा आईतबार र सोमबार दुई दिने आवासीय तालिम हुने भएको छ । मर्यादी करिडोर अन्तर्गतका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदार “स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी“ दुई दिने तालिम तनहुँको दमौलीमा आयोजना हुने भएको शनिबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । दमौलीको ह्वाईट हाउस होटलमा यहि वैशाख ३० र ३१ गते होटल व्यवसायी संघ तनहुँको सह–आयोजनामा मस्र्याङ्दी करिडोर… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव तेन्जन र कवितालाई पाँच किमि छात्र÷छात्रा सडक दौडको उपाधि

तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र÷छात्रा सडक दौडको उपाधि हात पारेका छन् । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागि अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न,वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० सम्पन्न भएको छ । पोखरा सभागृह हलमा भव्य समारोहकाबीच शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रम अन्तरगत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जित्न सफल बने । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए । वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारिन् । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा परेका थिए ।… पुरा पढौ

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका… पुरा पढौ