जिवनशैली पत्रिका

गण्डकीमा यू–१५ राष्ट्रिय जुनियर प्रतियोगिताको तयारी सुरु

पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय जुनियर यू–१५ मा आयोजना हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरु संग छलफल गरी तयारी सुरु गरेको जनाएको हो । यहि जेठ ३० देखि ३२ गते सम्म पोखरा मा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर प्रतियोगितामा ६ खेल हुनेछन् । प्रतियोगितामा एथलेटिक्स महिला/पुरुषतर्फ विभिन्न ८ इभेन्टहरु हुनेछन् । त्यसै गरी टिम गेम्सतर्फ महिला/पुरुष बास्केटबल र रग्बी, व्याडमिन्टन  टेबुल टेनिस र बुद्धिचालका खेलहरु सञ्चालन हुनेछन् ।… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात

पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे । पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ । जनकल्याण पोखरा–११ ले माछापुच्छ«े गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्यो ।जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो… पुरा पढौ

‘सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो’ ः खगराज अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सही स्थितिको सही विश्लेषण नै माक्सवाद भएको बताउनुभएको छ । बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पुँजीवादी जनवादी क्रान्ती शान्तिपूर्ण बाटोबाट हुन्छ भन्ने जननेता मदन भण्डारीको भनाईले त्यसलाई प्रष्ट पारेको उहाँले खुलाउनुभयो । ‘भयो त्यस्तै भोट हालेर ४ जना राजावादी भए, अरु सबै गणतन्त्रवादी, मदन भण्डारी ज्योतिषी त होइन नी, तर सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो,… पुरा पढौ

प्रदेशका भौतिक मन्त्रीको सचिवालयद्धारा मन्त्रालयमा आउनेहरुलाई मुख्यमन्त्री र अर्थ मन्त्री समक्ष बजेट माग गर्न आग्रहः

दीननाथ बराल, पोखरा १, जेठ, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री राजीव गुरुङ(दिपक मनाङे) ले आफ्नो मन्त्रालयमा बजेट माग्न आउनेहरुलाई सिधै मुख्यमन्त्री र अर्थ मन्त्री समक्ष बजेट माग गर्न आग्रहःगर्नु भएको छ । आउदो बर्षको लागि अप्रयाप्त बजेटको सिलिङ दिएकोले आउदो आर्थिक बर्षको बजेट माग्न आउनुहरुलाई मुख्यमन्त्री र खर्च मन्त्री समक्ष जानको लागि मन्त्रीको सचिवायले आग्रह समेत गरेको छ । अघिल्लो बर्षको तुलनामा केहीे बजेटको सिलिङ घटेकोमा आज जनताको आवश्यक पर्ने भौतिक पूर्वाधारका विकासको लागि अब मुख्यमन्त्री… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय पोखराबाट ४ अर्ब २९ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा १, जेठ, आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०÷०८१ को वैशाख मसान्तरसम्ममा ४ अर्ब २९ करोड ३५ लाख २८ हजार राजस्व संकलन गर्न सफल भएको छ । वैशाख मसान्तरसम्म कार्यालयको राजश्व संकलनको लक्ष्य ४ अर्ब ८२ करोड ९७ लाख ६७ हजार रहेकोमा वैशाख मसान्तरसम्म उक्त राजश्व संकलन हुदा ८९ प्रतिशत प्रगती हासिल गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसकिो असर राजश्व संकलनमा परेकोले गर्दा लक्ष्य हासिल गर्न… पुरा पढौ

नीति तथा कार्यक्रम सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेललेसङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाईगर्नुभएको सम्बोधन = प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ… पुरा पढौ

शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेश स्तरीय ह्याण्डबल प्रशिक्षण सुरु

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले प्रदेश खेलकुद परिषद तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा परिषद अघि बढेको बताए । यूवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षक लक्षित विभिन्न प्रशिक्षण कार्यक्रम लगायत दशौं राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगिताहरु समेत परिषदले तय गरेको जनाउँदै सदस्य सचिव शर्माले… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चको पोखरामा बसेको कार्यसमितिको बयालिसौँ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रम प्राप्त सबैको साथ सर्पोटले मञ्चलाई… पुरा पढौ

चौथो टाइगर कप भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार बचत

गत बर्ष पोखरामा सम्पन्न भएको चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० बाट १८ लाख ३७ हजार बचत भएको छ । गत माघ १ गतेदेखि ६ गते सम्म पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको टाइगर ग्रुप अफ पोखरा, नेपालले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट तथा आय÷व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएकोे हो । प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी भएको संस्थाका अध्यक्ष… पुरा पढौ

पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीहरुले स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा वोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै… पुरा पढौ