आन्तरिक राजस्व कार्यालय पोखराबाट ४ अर्ब २९ करोड राजश्व संकलन

-


     पोखरा क्लिक     
     जेठ १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १, जेठ,

आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०÷०८१ को वैशाख मसान्तरसम्ममा ४ अर्ब २९ करोड ३५ लाख २८ हजार राजस्व संकलन गर्न सफल भएको छ । वैशाख मसान्तरसम्म कार्यालयको राजश्व संकलनको लक्ष्य ४ अर्ब ८२ करोड ९७ लाख ६७ हजार रहेकोमा वैशाख मसान्तरसम्म उक्त राजश्व संकलन हुदा ८९ प्रतिशत प्रगती हासिल गरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसकिो असर राजश्व संकलनमा परेकोले गर्दा लक्ष्य हासिल गर्न केही कठिन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो ।

कार्यालयले वैशाख मसान्त सम्म निर्धारित लक्ष्यको आयकर तर्फ ९६ प्रतिशतले २ अर्ब ४९ कोड ४९ लाख ७२ हजार राजश्व संकलन गर्न सफल भएको हो । वैशाख मसान्तरसम्म आयकर तर्फ कार्यालयको लक्ष्य भने २ अर्ब ५९ करोड ७३ लाख ७३ हजार रहेको थियो ।