चौथो टाइगर कप भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार बचत

-


     पोखरा क्लिक     
     जेठ १ गते २०८१ मा प्रकाशित


गत बर्ष पोखरामा सम्पन्न भएको चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० बाट १८ लाख ३७ हजार बचत भएको छ । गत माघ १ गतेदेखि ६ गते सम्म पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको टाइगर ग्रुप अफ पोखरा, नेपालले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट तथा आय÷व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएकोे हो ।

प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार ६ दिन चलेको उक्त प्रतियोगिता सम्पन्न गर्न १ करोड ३ लाख ५१ हजार ३ सय ९७ खर्च भएको छ । बचत रकम संस्थाले भलिवल खेलको विकास गर्न र अक्षयकोष स्थापना गर्ने भएको अध्यक्ष शर्माले जनाउनु भयो ।

संस्थालाई स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट ५४ लाख १४ हजार १ सय ३९ रुपैया संकलन भएको कोषाध्यक्ष हरि बहादुर श्रेष्ठद्धारा जारि गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसै गरी प्रतियोगितालाई सफल पार्न मुख्य प्रबद्र्धक सुश्री मिडिया प्रा.लि.काठमाण्डौंबाट १५ लाख, टिकट संकलनबाट २२ लाख २२ हजार, मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेशबाट १० लाख, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख ९२ हजार, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख ७५ हजार, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार सहयोग प्राप्त भएको अध्यक्ष शर्माले जनाउनु भयो । सहभागि टिमलाई संस्थाले ३१ लाख ४२ हजार भन्दा बढी खर्च गरेको छ भने पुरस्कार तथा प्रोत्साहन तर्फ १९ लाख २४ हजार खर्च भएको उहाँले जनाउनु भयो । प्रतियोगिताको समारोह व्यबस्थापनमा भने ११ लाख ४६ हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जनाउनु भयो ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानिया लगायतको सहभागिता रहेको थियो । अध्यक्ष शर्माले पाँचौं संस्करणमा चाइनबाट समेत एक टिम सहभागि गराउने तयारी गरेको बताउनु भयो ।

सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बाँनिया, टाइगर ग्रुपको समेत आफ्नो भनाई राखेका थिए । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब स्तरिय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहेको संस्थाका सचिव डिवी नेपालीले बताउनु भयो ।

लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाएका थिए । चौथो संस्करणको पुरुषतर्फको विजेता हेल्प नेपाल र महिलातर्फ शसस्त्र प्रहरी बलको एएिएफ क्लव हो ।