जिवनशैली पत्रिका

पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान

‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ । लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ साल देखि नेपाली सिनेमा बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए… पुरा पढौ

जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो । जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो । उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल… पुरा पढौ

वडाबासीको सित्तैमा जाँच गर्दै पोखरा १७

वडावासीको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको पोखरा १७ ले शनिबार निशुल्क रक्त जाँच शिविर आयोजना गरेको छ । शिविरमा ८ सय ६५ जनाको थाइराइड, मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वरिष्ठ फिजिसियन डा र्सिजना शर्माले यी रोगबारे प्रकाश पारिन् । उनले सही खानपान, सही जीवनशैली र तनावमुक्त जीवनले धेरै नसर्ने रोग लाग्ने नदिने उल्लेख गरिन् । बेला… पुरा पढौ

बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाको चौथो साधारण सभा सम्पन्न

पोखरा, ५ जेठ, बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ साधारणसभाको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुुभयो । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुुपर्नेमा जोड दिनुुभयो । धार्मिक पर्यटनको आँर्फैमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास ताललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने धारणा राख्नुुभयो । बेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि… पुरा पढौ

गोर्खाका प्रकाश र उषा पोखरा साइकल दौडमा च्याम्पियन

पोखरा, ५ जेठ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ गोर्खाका प्रकाश र महिलातर्फ पनि गोर्खाकी उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा… पुरा पढौ

ह्याण्डबल प्रशिक्षक÷प्रशिक्षण सम्पन्न

पोखरामा शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षकरप्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको उक्त प्रशिक्षण शनिबार सम्पन्न भएको हो । विद्यालयस्तरमा ह्याण्डबल खेलको विकास संगै यूवा खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले गण्डकी प्रदेशको ह्याण्डबलको बलियो उपस्थितीलाई अझै बलियो बनाउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने… पुरा पढौ

३३/११ केभी देवनगर सवस्टेशनको मेयर दाहालद्धारा उद्घाटन  

चितवन, ५ जेठ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सवस्टेसनको उद्घाटन गर्नुभएको छ । शनिबार एक कार्यक्रमका बीच प्रमुख दाहाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेशनको उद्घाटन गर्नुभएको हो । भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र सहरीकरणसँगै विद्युत आपूर्तीमा देखिएको समस्या समधान गर्न देवनगर सवस्टेशन सञ्चालनमा ल्याइएको बताउनुभयो । पश्चिम चितवनको मेघौलीमा पनि ४ विघा क्षेत्रफलमा सवस्टेशन निर्माण गर्न लागिएको उहाँको भनाई छ । ‘मेघौलीको सवस्टेशन सञ्चालनमा… पुरा पढौ

‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’

अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा नपुग्दा सरकारी लाभबाट वञ्चित हुनूजस्ता कारणले पनि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै कमजोर रहेको एक प्रतिवेदनले औंल्याएको छ । बालहितकारी परियोजना नेपालले पोखरा वडा नं। १५ भरका अपांगता भएका व्यक्तिहरु पहिचान गरी विभिन्न प्रश्नको जवाफ लिएर प्रतिवेदन तयार गरेको हो । वडाभर २११ जना… पुरा पढौ

जनकल्याण पोखरा–११ क्लब स्तरीय भलिबलको फाइनल प्रवेश

नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ । जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । पोखरा महानगरपालिका–३ नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा खेलमा जनकल्याणले पहिलो सेट २५–१९ ले जितेपनि दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पूनरागमन गर्दै जनकल्याणले २५–१३ र २५–२१ ले जितेको हो । जनकल्याणका भुपेन गुरुङ म्यान अफ द म्याच घोषित… पुरा पढौ

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको… पुरा पढौ