१७ औ गणतन्त्र दिवसको अवसरमा केन्द्रको रक्तदान कार्यक्रम

-


     पोखरा क्लिक     
     जेठ १४ गते २०८१ मा प्रकाशित


सृजना विकास केन्द्र पोखराको आयोजनाम १७ औ गणतन्त्र दिबसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटिका सभापति दण्डराज शर्माले कास्की जिल्ला रेडत्र्रmसको नेतृत्वमा संचालीत रक्तसंचार केन्द्रको बारेमा प्रकाश पर्दै रेडत्र्रmसल संचालन गर्न लागेको आधुनिक एबम समय सापेक्ष रक्त संचार गृहको आवश्यकता र औचित्य माथि प्रकाश पर्दै गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रक्त संचार गृह आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा सृजना विकास केन्द्रका पुर्व अध्यक्ष एबम सल्लाहकार हरि प्रसाद बरालले सृजना विकासकेन्द्रको गतिविधको बारेमा प्रकाश पार्नु भएको थियो । रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रक्तादाताको बारेमा विश्वव्यापी मान्यताको बारेमा चर्चा गर्नु भयो । अध्यक्ष बिष्णु प्रसाद बरालले नेपाल रेडक्रस सोसाइटि कास्की शाखाले संचालन गर्दै आएको रक्त संचार केन्द्रलाई आधुनिक प्रविधि युक्त बनाएर मानबिय सेवालाई निरन्तरता दिन प्रदेश सरकार र स्थानिय सरकारहरुले सहयोग पु¥याउन आग्रह गर्नु भयो ।

सस्थाका उपाध्यक्ष शान्ति शर्माले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागत गर्दै सस्थाले स्थापना काल देखी गर्दै आएको गतिविधिको बारेमा जानकारी गराउनु भयो । कार्यक्रमका संयोजक बालकृष्ण बरालले रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । सस्थाका महसचिव चन्द्र गिरिले कार्यक्रम संचालन गर्नु भएको थियो ।