सौंर्यको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु, पाइलट शाक्यको उपचार हुदै

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८१ मा प्रकाशित


काठमाण्डौं ९, साउन,

काठमाण्डौंबाट आज बिहान करिब ११ः११ बजे पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १८ जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडान भए लगत्तै चिप्लियर विमानस्थलको दाहिने तर्फ मोडनि गई पूस्र्व तर्फको स्थानमा विमान दुर्घटना हुदा १८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

पाइलट मनिषरत्न शाक्यको उपचार हुदै गरेको बताइएको छ । उक्त विमानमा सबै सौर्यका इन्जिनियर सहितका कर्मचारी रहनु भएको थियो ।

उक्त घटनास्थलमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सो घटनाको बारेमा दुःख व्यक्त गर्दै दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्नु भएको छ । उद्धारको क्रममा हाल विमानस्थलका सबै उडान हाल बन्द गरिएको छ ।