जिवनशैली पत्रिका

मंगलबार (भोलि) पोखराको सिटिजन फर्निचर परिसरमा खुल्ला रक्तदान हुने

पोखरा ७, साउन, “रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौं पुण्य कमाऔं” भन्ने नारा सहित मंगलबार (भोलि) पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचर फर्निचर परिसरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ स्थापनाको ९ औं वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको शुभ अवसरमा प्रदेश समन्वय समिति, गण्डकी प्रदेश तथा कास्की जिल्ला संघको आयोजनामा एवं सिटिजन फर्निचरको सहकार्यमा उक्त कार्यक्रम हुने भएको सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीले बताउनु भयो । रक्तं सेवा केन्द्र पोखराको प्रविधिक सहयोगमा… पुरा पढौ

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने स् मन्त्री भट्टराई

काठमाडौँ, साउन ७, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप ९म्याग० र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चार माध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताइन् । “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भनिन्, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन… पुरा पढौ

मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण, नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील बन्न निर्देशन

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका हुन् । मन्त्री थापाले हिजो भन्दा आज अस्पतालको सेवामा विस्तार भएको जानकारी पाउँदा खुशी लागेको बताए । ‘हिजो भन्दा आज स्याङजा अस्पतालले प्रवाह गर्दै आइरहेको सेवामा विस्तार भएको रहेछ, खुशी लाग्यो । नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनिय छ । यसलाई अझै प्रभावकारी… पुरा पढौ

रेवान पोखराद्धारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

पोखरा ६, साउन रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ ।पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई उक्त तालिम प्रदान गरिएको हो । समापन समारोहमा कलेजका अध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई गुणस्तरीय स्वाद र आतिथ्यताका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनले जति धेरै तालिम दिन सकियो उत्तिनै दक्ष जनशक्ति उत्पादन हुने र… पुरा पढौ

लायन्स क्लव लेखनाथ गार्डेनसिटीको खाद्यान्न बितरण र बृक्षरोपण कार्यक्रम सम्पन्न

साउन ०६÷लेखनाथ, लायस क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रममा आइतबार खाद्यान्न बितरण एवं बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रममा रहेका जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण एवं परिसरमा विभिन्न जातका विरुवा रोपण तथा गोडमेल गरेको हो । कार्यक्रमको शुभारंभ गर्दै लायन्स क्लव अफ इन्टरनेशनल ३२५ के अन्र्तगत बृक्षा रोपण कार्यक्रमका प्रमुख भुपेन्द्र गिरीले गार्डेनसिटीले बार्षिक कार्यक्रममै राखेर जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण गर्दै आएको भन्दै प्रसंसा गरे । उनले जेष्ठ नागरिकका लागि राज्यले सम्वोधन गर्न नसकेको… पुरा पढौ

पर्यटन राजधानीमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान

पोखरा, ६ साउन पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ । समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई सरसफाई गर्ने गरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुुभयो । प्रत्यक महिनाको ५ गते सम्पदा सरसफाई अभियान सञ्चालन गरिने बताउँदै उहाँले उक्त दिन सार्वजनिक विदा परेमा ६ गते गर्ने गरी कार्यक्रम तय गरिएको बताउनुुभयो । एक समारोहका बीच आज सरसफाई अभियानको शुभारम्भ… पुरा पढौ

मोहरियामा युआरएलको प्राविधिक सहयोगमा शिविर, २२५ को जाँच

करुणा बचत तथा ऋण सहकारी पोखरा ३ मोहरियाटोलको आयोजनामा आइतबार भएको निशुल्क रक्त परीक्षण शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल०को प्राविधिक सहयोगमा भएको शिविरमा सहभागीको मधुमेह, लिपिड प्रोफाइल र मृगौलासम्बन्धी रक्त जाँच सित्तैमा गरिएको हो । सहकारीले १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहकारी र युआएलबिच सहकारीका सेयर सदस्य र कर्मचारी र उनीहरुको परिवारलाई सबै रक्तजाँचमा ३० प्रतिशत छुट दिने सम्झौतासमेत भएको छ । गण्डकी प्रदेशले… पुरा पढौ

कास्कीमा ९५ प्रतिशत धान रोपाई

दीननाथ बराल, पोखरा ६, साउन, कास्कीमा ९५ प्रतिशत धान रोपाई भएको छ । यस बर्ष समयमै पानी परेकोले कास्कीका अधिकांश धानवाली हुने खेतमा धान रोपिएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयले जनाएको छ । हालसम्म कास्कीमा १५ हजार ४ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ भने कास्कीमा खेतियोग्य जमिन १६ हजार २ सय २० हेक्टर क्षेत्रफल रहेको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विनोद शर्माले बताउनु भयो । कास्कीमा प्रायः गरी जेठोबुढो, पहेले, एक्ले,… पुरा पढौ

तमु धिं नेपालद्वारा एसईई उतिर्ण २१७ तमु बिद्यार्थी सम्मानित, १३ बिरामीलाई ४ लाख २१ हजार सहयोग

पोखरा, ६ साउन, तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालद्वाराले शनिवार हालै एसईई उतिर्ण २१७ जना तमु बिद्यार्थीहरुलाई बधाई सम्मान तथा शैक्षिक परानर्श एवम् उपचारका लागि आर्थिक समस्यामा रहेका १३ जना बिरामीहरुलाई ४ लाख २१ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको आयोजित कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुलाई प्रमुख अतिथि डा.गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, विशिष्ट संरक्षक दिलबहादुर गुरुङ, प्रशिक्षक डिवी… पुरा पढौ

पोखरा वडा न. २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

हेमजा, ६ साउन, पोखरा महानगरपालिका वडा न। २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । पहिला सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हुदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो । पहिला सेवा दिदै आएको कार्यालयमा भवन फराकिलो नहुनु, पार्किङको ब्यवस्थापन नहुनु आदि समस्य रहेको थियो । आइतबारदेखि सेवा सुरु गरिएको कार्यालयमा फराकिलो तथा राम्रो पार्किङ रहेको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनाउनु भयो । वडा कार्यालय साबिक ग्राम प्रकाश आधारभूत बिद्यालयको भवनमा सारिएको छ । पोखरा महानगरपालिकाका… पुरा पढौ