मंगलबार (भोलि) पोखराको सिटिजन फर्निचर परिसरमा खुल्ला रक्तदान हुने

-


     पोखरा क्लिक     
     श्रावण ७ गते २०८१ मा प्रकाशित


पोखरा ७, साउन,

“रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौं पुण्य कमाऔं” भन्ने नारा सहित मंगलबार (भोलि) पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचर फर्निचर परिसरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ स्थापनाको ९ औं वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको शुभ अवसरमा प्रदेश समन्वय समिति, गण्डकी प्रदेश तथा कास्की जिल्ला संघको आयोजनामा एवं सिटिजन फर्निचरको सहकार्यमा उक्त कार्यक्रम हुने भएको सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीले बताउनु भयो ।

रक्तं सेवा केन्द्र पोखराको प्रविधिक सहयोगमा पोखरा महानगरपालिका–९, न्यूरोड सिटिजन फर्निचरको प्राङ्गणमा बिहान ८ः०० बजे देखि बिहान ११ः३० बजेसम्म खुल्ला रंक्तदान हुने भएकोे उहाँले जनाउनु भयो । आफुहरुको व्यवसायसंगै सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त कार्यक्रममा व्यबस्थापन सहितको सहकार्य गरेको प्रोपाइटर कार्कीले जनाउनु भयो ।