दीननाथ बराल,
पोखरा ६, साउन,
कास्कीमा ९५ प्रतिशत धान रोपाई भएको छ । यस बर्ष समयमै पानी परेकोले कास्कीका अधिकांश धानवाली हुने खेतमा धान रोपिएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयले जनाएको छ ।
हालसम्म कास्कीमा १५ हजार ४ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ भने कास्कीमा खेतियोग्य जमिन १६ हजार २ सय २० हेक्टर क्षेत्रफल रहेको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विनोद शर्माले बताउनु भयो ।
कास्कीमा प्रायः गरी जेठोबुढो, पहेले, एक्ले, खुमल ४, १०, गौरिया, बयर्नी, सेतो र लामो भिनुवा, मार्सी, बिरिमफुल, कालो र टुंडे झिनुवा, वर्णशंकर–यू एस ३१२ लगायतका जातका धान खेति हुदै आएको निर्देशनालयका कृषि अधिकृत रन्जना पोखरेलले बताउनु भयो ।
यसैबिच, कास्कीको पोखरा क्षेत्रमा जेठोबुढो हुने धेरै धानखेतमा हाल घर तथा भवनहरु निर्माण हुने क्रम जारी रहेको छ ।