
दीननाथ बराल,
पोखरा ८, साउन
पोखराको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा करिब ६ करोड ८२ लाख संचालन नाफा आम्दानी गर्न सफल भएको छ । सहकारीकोले २ अर्ब ५२ करोडको कारोवार गर्दा उक्त रकम संचालन नाफा आम्दानी गर्न सफल भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले बताउनु भयो ।

संस्थाको ६१ करोड भन्दा बढी रकम तरलता भएकोले उक्त रकम उचित कर्जा लगानीको खोजिमा रहेको उहाँको भनाई छ । सहकारीले गत बर्ष १ अर्ब ६७ करोड कर्जा लगानी गरेको छ भने १ अर्ब ९१ करोड निक्षेंप बचत गरेको छ । सहकारीको शेयर पूंजि भने १५ करोड २ लाख पुगेको छ भने संस्थाको अर्को राम्रो पक्ष जगेडा कोषमा १९ करोड ९४ लाख संकलन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले उल्लेख गर्नु भयो । संस्थाको ऋण जोखिम कोषमा ८ करोड १८ लाख रहेको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । संस्थाको हालसम्म ९ हजार ३ सय ५६ जना शेयर सदस्य रहेका छन भने संस्थाले गत बर्ष मात्र ६ सय नयाँ सदस्य थप्न सफल भएको उनले जनाउनु भयो ।
संस्थाको हाल खराब कर्जा भने करिब ८ प्रतिशत रहेको छ । संस्थाले स्प्रिडदर ५.५ प्रतिशत मात्र रहेको छ भने अहिलेको अबस्थामा ११ प्रतिशतमा कर्जा लगानी गर्न थालेको छ । उक्त सहकारीमा लाहुरे समुदाय देखि पोखरामा रहेका विभिन्न समुदायका व्यक्ति हुदै महिलाहरुको करिब ६९ प्रतिशत र युवा करिब ४० प्रतिशत सहभागिता रहेको सहकारीले जनाएको छ ।
आफुहरुको स्पष्ट नीति, कार्यक्रम योजना, सरकारले दिएको नियम पालना, आफुहरुको टिमवर्क, सामुहिक भावना, समानुपातिक ढंगले शेयर वितरण लगायतका कारणले गर्दा अन्य सहकारीको जस्तो कुनै समस्या नभएको प्रमुख कार्यकारी अधिकृत गुरुङले दाबी गर्नु भयो । संस्थाका सूचना अधिकारी एवं मुख्य प्रबन्धक मीलन ढकालले आफुहरुले ऋण दिने समयमा कुन प्रयोजनको लागि हो सोको बारेमा राम्रोसंग परामर्श गरेर मात्र दिने गरेको बताउनु भयो ।
अनउत्पादन क्षेत्रमा कर्जा नजाओस भन्नको लागि आफुहरुले पराशर्म गरी सहुलिय व्याजदरमा कर्जा उपलब्ध गराउदै आएको उहाँले दाबी गर्नु भयो । संस्थाले हाल करिब ४७ जनालाई रोजगार दिएको छ भने कर्मचारीलाई प्रोत्साहन र हौसलाको लागि सम्मान र पुरस्कारको समेत व्यबस्था मिलाएको प्रबन्धक परमेश्वर दाहालले बताउनु भयो । प्रदेश स्तरिय उक्त सहकारीको पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहे पनि सेवा कार्यालय तनहुँको दुलेगौडा, पोखराको भण्डारढिक र अर्को शिशुवामा रहेको छ ।