रुटिङ चेकिङको लागि पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १५ को मृत्यु ( विमानमा सवार हुनेहरुको नाम सहित )

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८१ मा प्रकाशित


रुटिङ चेकिङको लागि काठमाण्डौंबाट आज बिहान करिब ११ः०० बजे पोखरा आउदै गरेको सौंर्यको विमान दुर्घटनामा पर्दा विमानमा सवार १९ मध्य १५ को मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडान भए लगत्तै चिप्लियर विमानस्थलको पूर्व तर्फको खाडलमा बजारिदा विमानमा सवार मध्य १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

उक्त विमानमा सबै सौर्यका इन्जिनियर सहितका कर्मचारी रहनु भएको थियो ।सौर्य एअरको विमान आज बिहान १०ः०० बजे पोखरा आउने कार्यतालिका रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता जसोधा सुवेदीले बताउनु भयो । सौर्यको बिमान रुटिङ चेक गर्न पोखरा आउने क्रममा काठमाण्डौंमै विमानस्थलमा चिल्पियर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

पाइलट सहित ४ जनाको उद्दार गरिएको छ । तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरेको स्थानियले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।