अर्थतन्त्र

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न ः

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २५÷२६ का अध्यक्ष इनर ह्वील अन्जु चालिसेले वर्ष २६÷२७ का नवनिर्वाचित अध्यक्ष इनर ह्वील अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गर्नुभयो । क्लबको नव निर्वाचित उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित हुनुभयो । यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा। सृष्टि श्रेष्ठ… पुरा पढौ

साविक विजेता अर्जेन्टिना उपाधिका लागि स्पेनसँग भिड्ने,इन्जुरी समयमा सम्हालिन नसक्दा इंग्ल्यान्ड स्तब्ध, फाइनल खेल पोखराका ११ ठाँउमा ठुलो पर्दामा प्रत्यक्ष प्रशारण हुने

पोखरा, जारी फिफा विश्वकप २०२६ को उपाधिका लागि अन्ततः साविक विजेता अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुने भएको छ। एटलान्टास्थित स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजले कप्तान लियोनल मेसीको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा पुर्याए । खेल अतिरिक्त समयमा धकेलिने अनुमान भइरहेका बेला ९… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट भुपाल गुरुङ सम्मानित

पोखरा, असार ३१, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ। निर्धारित मितिमा प्रदान गर्न नसकिएको उक्त पुरस्कार बुधबार पोखरामा आयोजित विशेष समारोहमा उहाँलाई अर्पण गरिएको हो। गत जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा सम्पन्न छैटौँ अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापन समारोहमा गुरुङलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरिएको थियो। विशेष परिस्थितिका कारण निर्धारित मितिमा पुरस्कार वितरण हुन नसकेपछि बुधबार विशेष समारोह आयोजना गरी पुरस्कार अर्पण गरिएको हो। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा अन्नपूर्ण… पुरा पढौ

पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर सहित चालक पक्राउ

दीननाथ बराल,पोखरा ३१, असार, पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने टिप्पर सहित ३ जना चालक पक्राउ पर्नु भएको छ । पोखराको सेतीनदी किनारामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर र चालकलाई पक्राउ गरी कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२५ स्थित सेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । असार ३० गते राति करिब १०ः१५… पुरा पढौ

पोखरामा साउन २ गते खुला बास्केटबल प्रतियोगिता हुने

पोखरा, भगवती युवा क्लब राखु भगवती, म्याग्दीको आयोजनामा सुलभ प्रिजेन्ट्स थ्री बाई थ्री (३×३) खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजना हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै पहिलो पटक म्याग्दी बाहिर खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिए । क्लबले राखु भगवती क्षेत्रमा… पुरा पढौ

गण्डकी पदकबाट भलिवलकी शाही, क्रिकेटका प्रजु, आर्चरीका शेरचन, आईटीएफ तेक्वान्दोकी थापा मगर, भूतपूर्व खेलाडी मञ्च सम्मानित, फेन्सिङ, ह्यान्डबल र टेनिस संघ नगदसहित सम्मानित

दीननाथ बराल, पोखरा ३०, असार, गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलो पटक स्थापना गरिएको ‘गण्डकी प्रदेश खेलकुद पदक’ अन्तर्गत खेल क्षेत्रको विकास, प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न योगदान पु¥याउने खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा खेल संघलाई सम्मान गरेको छ । सम्मानित ह्ुनेहरुमा राष्ट्रिय महिला भलिबल टोलीकी अरुणा शाही, क्रिकेटका रिजन प्रजु, आर्चरीका योगेन्द्र शेरचन, अन्तर्राष्ट्रिय आर्चरी खेलाडी असिम शेरचन, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, खेल पत्रकार केशव पाठक तथा नेपाल भूतपूर्व खेलाडी मञ्चलाई गण्डकी पदकबाट सम्मान गरिएको छ… पुरा पढौ

गण्डकी पदकबाट खेल पत्रकार केशव पाठक सम्मानित

पोखरा, पोखराका खेल पत्रकार केशव पाठक ’गण्डकी खेल पदक’ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले स्थापना गरेको ‘प्रदेश खेलकुद पदक’ अन्तर्गत खेलकुद पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पाठकलाई परिषदले आज(मंगलबार) पोखरामा आयोजित एक समारोहका बिच सम्मान गरेकोे हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव शेषनारायण पौडेल,गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा, मन्त्रालयका शाखा अधिकृत टंक प्रसाद ढकाल लगायतले सम्मान प्रदान गरेका थिए । सम्मानसँगै उनलाई नगद रु.… पुरा पढौ

पोखराको फिस्टेल माउन्टेन कलेजमा साइबर सुरक्षा शिक्षाको नयाँ कोर्ष यसै शैक्षिक सत्रदेखि

दीननाथ बराल, पोखरा २९, असार, पोखरामा फिस्टेल माउन्टेन कलेजले पहिलोपटक साइबर सुरक्षास शिक्षा म्बन्धी स्नातक तहको अध्ययन सुरु गर्ने भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षाको बढ्दो आवश्यकता लक्षित गर्दै बेलायतको युनिभर्सिटी अफ वोल्भरह्याम्प्टन सम्बन्धनमा सञ्चालन हुने यस कार्यक्रमका लागि पहिलो चरणमा ३० जना विद्यार्थी मात्र भर्ना गरिने कलेजले सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा जानकारी गराइएको हो । चार वर्षे (आठ सेमेस्टर) स्नातक कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउनेछ । कलेजका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार पूरा कोर्ष अध्ययन गर्न… पुरा पढौ

लागू औषधसहित पाँच भारतीय नागरिक पोखरामा पक्राउ,

दीननाथ बराल,पोखरा, असार २९, कास्की प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यही असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवा क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो, पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागू औषध सहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जाँचका क्रममा पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपि… पुरा पढौ

विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट (भिडियो)

पोखरा, २९ असार, आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा पोखरामा प्रभातफेरी, सम्मान तथा विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा भानुजयन्ती मनाइएको छ। भानु वाङ्मय प्रतिष्ठान, पोखराको आयोजना तथा भानुमार्ग टोल विकास संस्था र भानुमार्ग (क) आमा समूहको सहआयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत् विश्वभरका नेपालीलाई एउटै सांस्कृतिक सूत्रमा जोड्ने ऐतिहासिक भूमिका खेलेको बताउनुभयो। https://www.youtube.com/watch?v=2Xnjp11HP8I उहाँले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र जनबोलीको नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले साहित्यलाई जनजीवनसँग जोडेको उल्लेख… पुरा पढौ