पोखरा, तीजका गीत महिलाका भावना, पीडा, सामाजिक अवस्था र अधिकारका विषय अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा विकास हुँदै आएका छन्। पछिल्लो समय तीजगीत मनोरञ्जनमा मात्र सीमित नरही महिला सशक्तीकरण, उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सामाजिक रूपान्तरणका विषय उठाउने माध्यमसमेत बन्न थालेका छन्। https://www.youtube.com/watch?v=BXm_tAbL-hU यही सन्देशलाई आत्मसात् गर्दै पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा आयोजित प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ। पोखरा पार्टी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा आयोजित प्रतियोगितामा विभिन्न महिला समूहले तीजगीतमार्फत सामाजिक, सांस्कृतिक…
पुरा पढौ