अर्थतन्त्र

सहारा क्लबको रक्तदान कार्यक्रम सम्पन्न, २४ यूनिट रगत संकलन

पोखरा, सहारा क्लब पोखराको २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २४ यूनिट रगत संकलन भएको क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो।कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष राधिका कुमारी शाही योगीले गर्नुभएको थियो। उहाँले सहारा क्लब पोखराले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै सहारा फुटबल एकेडेमी सञ्चालन गर्नु निकै चुनौतीपूर्ण कार्य भए पनि क्लबले निरन्तरता दिँदै आएको बताउनुभयो। रक्तदान जीवनदान भएकाले यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।कार्यक्रममा रक्तदान गरी… पुरा पढौ

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

पोखरा, माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद सुरुवात गरेको हो । पोखराका दुई प्रमुख हल क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै चलचित्रले पहिलो दिन ७ लाख ४८ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । यी दुई हलमा कुल १ हजार ९ सय ३० दर्शकले चलचित्र हेरेका छन् । पोखरा ट्रेडमलमा रहेको क्युएफएक्स सिनेमाजमा… पुरा पढौ

उन्नति बचत तथा ऋण सहकारीमा अर्याल सर्वसम्मत निर्वाचित

पोखरा,२७ भदौ, पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले लेखनाथ अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । अर्याल यसअघि संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनले उपाध्यक्षमा रेवतीमणि भण्डारी, सचिवमा राजेश शर्मा र कोषाध्यक्षमा अमृत श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यस्तै सञ्चालक सदस्यहरुमा टीका थापा, सलु कुमारी श्रेष्ठ र कविता थपलिया सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनले अनिल लिगलको संयोजकत्वमा कृष्णप्रसाद… पुरा पढौ

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित, पोखराका मेयर धनराज आचार्यलाई धम्की आएको गुनासो

पोखरा, रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट वसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट गौतमको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन अधिकृत चौबहादुर गुरुङले जानकारी दिनुभयो। नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन हुनुभएको छ।त्यसैगरी कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश… पुरा पढौ

काठमाडौं जोड्ने कृष्णभिर सडक सके ३ अन्यथा ४ दिनमा खुल्ने तयारी

धादिङ, नागढुंगा–मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा गएको पहिरोका कारण लामो समयदेखि अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा अघि बढेको छ। नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याउने तयारीसँगै अब सके ३ दिन, अन्यथा बढीमा ४ दिनभित्र कृष्णभिरको सडक खुल्ने सम्भावना देखिएको छ। गत भदौ १४ गते बिहान कृष्णभिरमा ठूलो पहिरो गएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकमार्ग नै ठप्प भएपछि राजधानीमा आउने–जाने यातायातमा समेत ठूलो असर परेको छ।… पुरा पढौ

पोखरामा कम्तिमा पाँच कम्युनिस्ट दलका नेता एउटै मञ्चमा, बाम एकतामाथि बहस

पोखरा, भदौ २६, नेपालका कम्युनिस्ट तथा बामपन्थी शक्तिहरूबीच बढ्दो विभाजन, खस्किँदो जनमत र आगामी राजनीतिक दिशाबारे पोखरामा शनिबार बृहत् बहस हुँदैछ। विभिन्न धारमा विभाजित बाम दलका नेताहरूलाई एउटै मञ्चमा उभ्याएर बाम एकताको आधार, आवश्यकता र सम्भावनाबारे छलफल गर्न लागिएको हो। पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शनिबार बिहान ११ः३० बजे पोखराको साइमन पार्टी प्यालेसमा ‘वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी आयोजना हुँदैछ। कार्यक्रममा नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे प्रमुख वक्ताका रूपमा सहभागी हुने आयोजकले पोखराक्लिकलाई जनाएको छ। त्यस्तै… पुरा पढौ

डुलुवाद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८६ हजार सहयोग

पोखरा, २६ भदौ, पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ८६ हजार ७ सय २३ रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले डुलुवा समूहले रकम प्रदान गरेको समूहका सचिब ठाकुरप्रसाद बरालले जानकारी दिए । राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा अहिले सम्म १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९… पुरा पढौ

एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम

पोखरा, २६ भदौं, एन प्याब्सन कास्कीको आयोजनामा शुक्रबार छैटौँ अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रति रुचि अभिवृद्धि गर्ने, भाषिक ज्ञानको विकास गर्ने तथा उनीहरूमा आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा एन–प्याब्सनमा आबद्ध ३० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले अंग्रेजी भाषा, व्याकरण, शब्दावली, सामान्य ज्ञानलगायत विभिन्न विषयमा आधारित प्रश्नहरूको सामना गर्दै आफ्नो ज्ञान तथा क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगितामा हिलसाइड इंगलिस सेकेण्डरी स्कुल प्रथम त्रिवेणी पब्लिक मावि… पुरा पढौ

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

पोखरा, गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल स् विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रुपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरिएको थियो। गोष्ठीपत्र प्रस्तुत गर्दै साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएका साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय संघसंस्था तथा गजल क्षेत्रले भोग्दै आएका विभिन्न उतारचढावका… पुरा पढौ

युनाईटेड क्लब पोखराद्वारा विभिन्न उपसमिति गठन

पोखरा, युनाईटेड क्लब पोखराको नव निर्वाचित अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको पहिलो बैठकले विभिन्न उपसमिति र सल्लाहकार चयन गरेको छ । बैठकले क्लबको भौतिक निर्माण उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लोक बहादुर थापालाई चयन गरेको छ । त्यस्तै, संस्थापक अध्यक्ष हिमालय बख्रेललाई छात्रावास व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी पूर्व अध्यक्ष सुक बहादुर गुरुङ खेलकुद उपसमिति, पूर्व अध्यक्ष राजु श्रेष्ठ पर्यटन प्रवद्र्धन उपसमिति, वरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापा शिक्षा उपसमिति र प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ विपद् व्यवस्थापन उपसमितिको… पुरा पढौ

This will close in 20 seconds