अर्थतन्त्र

प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस

पोखरा, २५ भदौ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले आर्थिक वर्ष २०८२र०८३ मा सम्पन्न गरेका कामकारबाही समेटिएको छैटौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष विहीबार पेस गरिएको हो । आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम प्रदेश प्रमुखलाई प्रतिवेदन पेस गर्नुभयो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त, निष्पक्ष, जवाफदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो… पुरा पढौ

रामबजार सोसाइटी युकेको राहत भोटेकोशी बाढी पिडितलाई

पोखरा, २५ भदौ, चीनको तिब्बती क्षेत्र हुँदै नेपालको रसुवा तथा भोटेकोशी क्षेत्रमा भाद्र १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रामबजार सोसाइटी यूकेले ५० हजार रुपैयाँ सहयोग गरेको छ। बाढीपहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा घरबारविहीन भएका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। रामबजार सोसाइटी यूकेका सहयोगी सदस्यहरूबाट संकलित रु. ५० हजार राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालय कास्कीका… पुरा पढौ

सन्तानेश्वरको महायज्ञ सकियो, २ करोड ८१ लाख संकलन

पोखरा, पोखरा–५ प्रस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ। महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिए। दान तथा सहयोग आउनेक्रम जारी नै रहेकाले संकलित रकम ३ करोड पुग्ने अपेक्षा गरिएको छ। प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेख्य सहभागिता जनाएका थिए। महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको… पुरा पढौ

कुमुदिनी होम्सद्वारा बाढी पीडितलाई राहत

पोखरा, पोखरा महानगरपालिका वडा नं।४ मा रहेको कुमुदिनी माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको हो । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट आर्थिक रकम जुटाइएको हो । विद्यार्थीहरुबाट ५१ हजार ४ सय ७५ रुपियाँ सङ्कलन भएको छ ।… पुरा पढौ

रसुवा बाढीपीडितका लागि नमस्ते कम्युनिटी फाउन्डेसनको २० लाख सहयोग

पोखरा, रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि नमस्ते कम्युनिटी फाउन्डेसन–नेपालले हालसम्म २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज मात्रै फाउन्डेसनले थप ८ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको नमस्ते कम्युनिटी फाउन्डेसन–नेपालका संस्थापक विष्मराज पौडेलले बताउनु भयो । फाउन्डेसनको यो तेस्रो चरणको सहयोग हो। योसँगै रसुवा बाढीपीडितका लागि फाउन्डेसनको कुल योगदान २० लाख रुपैयाँ पुगेको उहाँले जनाउनु भयो । यस मानवीय अभियानलाई सफल बनाउन फाउन्डेसनको निकट साझेदार… पुरा पढौ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको हो । मन्त्री यादवको सचिवालय तथा उहाँको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार व्यक्तिगत कारणले मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्नु भएको हो । राजीनामा व्यक्तिगत कारणले दिएको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभएको छ। मन्त्री यादवले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको… पुरा पढौ

बाढीले बगाएको चुलो फेरि बाल्न पोखराका कवाडी व्यवसायीको १० लाखको सहयोग

पोखरा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले घरबारसँगै भान्साका सामानसमेत गुमाएका परिवारको चुलो फेरि बाल्न पोखराका कवाडी व्यवसायीहरू जुटेका छन्। व्यवसायीहरूले करिब १० लाख रुपैयाँ बराबरका भाँडाकुँडा संकलन गरी बाढी प्रभावित १ सय ६५ परिवारका लागि राहत सहयोग गरेका हुन्। युवा व्यवसायी सुजन गुरुङको विशेष पहल र आह्वानमा पोखराका कवाडी व्यवसायीहरूबाट संकलित रकमबाट आवश्यक भाँडाकुँडा खरिद गरी राहत सामग्री तयार गरिएको हो। संकलित सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हालै हस्तान्तरण गरिएको छ।राहत प्याकेजमा १ सय ३० थान प्रेसर कुकर, १… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितका लागि वाडाको १ लाख २५ हजार सहयोग

पोखरा, भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ। वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गर्नु भएको हो । बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गरी उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने प्रजिअ गुरुङले बताउनु भयो । चेक हस्तान्तरण गर्दै अध्यक्ष कोइरालाले प्राकृतिक विपत्तिका बेला… पुरा पढौ

बाढी प्रभावितको लागि सगरमाथा माविको ५ लाख सहयोग

कास्की, भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखराको सगरमाथा माध्यमिक विद्यालयले ५ लाख सहयोग गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंको संयुक्त पहलमा रु ५ लाख १ हजार ५ सय ५५ रुपैयाँ हिसान कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरिएको बिद्यालयले जनाएको छ । प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितीको सामना गरेका नागरिकको पीडामा साथ दिन विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको… पुरा पढौ

मुस्किलले बचेको त्यो क्षण आज पनि सम्झिँदा शरीर सिरिङ्ग हुन्छःअटो व्यवसायी मिलन थापा

पोखरा, २४ भदौ, ‘घर जल्यो, भत्कियो, तर हिम्मत जलेको छैन। धनसम्पत्ति गुम्यो, तर आशा गुमेको छैन। सम्झनाका चिनोहरू खरानी भए, तर सपना खरानी भएको छैन।’पोखराकी एक व्यवसायी मिलन थापाले सामाजिक सञ्जालमा लेखेका यी शब्द केवल एउटा भावुक अभिव्यक्ति मात्र होइनन्, एक वर्षअघि आफ्नै आँखाअगाडि घर, व्यवसाय र जीवनभरको मेहनत आगोमा खरानी भएको परिवारको पीडाको दस्तावेज हुन्। आज भदौ २४ गते। थापा परिवारले त्यो कहालीलाग्दो दिन भोगेको पनि एक वर्ष पूरा भएको छ। आफ्नै पसिना, परिश्रम र जीवनभरको कमाइले बनाएको घर… पुरा पढौ

This will close in 20 seconds