अर्थतन्त्र

पोखरामा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

दीननाथ बराल,पोखरा, २४ भदौ, पोखरामा आज ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको प्रहरीले पोखराक्लिकलाई जनाएको छ। पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा बुधबार दिउँसो ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुधबार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई… पुरा पढौ

रसुवा बाढीपीडितका लागि सोसल पब्लिक स्कुलको तीन लाख ८५ हजार सहयोग

पोखरा, विपद्मा परेका नागरिकको सहयोगका लागि पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले तीन लाख ८५ हजार २४३ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विद्यालयले राहत संकलन अभियान सञ्चालन गरेको थियो। विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको योगदानसँगै विद्यालयको आफ्नै स्रोतबाट रकम जुटाइएको विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्माले जानकारी दिनुभयो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)… पुरा पढौ

होटल संघद्धार राहत कोषमा सहयोग, संघ सहित संघमा आबद्ध होटलबाट करिब ४० लाख सहयोग

पोखरा, २४ भदौ, होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार आठ सय ३३ रुपैयाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई प्रदान गरिएको थियो । सो अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको… पुरा पढौ

पोउवा संघको चुनावःफेन्सी तथा रेडिमेड व्यवसायी संघका ९ उम्मेदवार, मनोहरी पौडेल मात्र विजयी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सवैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट पोखरा उधोग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा आफ्ना ९ जना व्यवसायीलाई उम्मेदवार भएका थिए । तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले निर्वाचनमा विजयी हासिल गर्दै संघको कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेका हुन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघका… पुरा पढौ

भोटेकोशी–त्रिशूली बाढी पीडितका लागि सिर्जना सेकेण्डरी स्कुलको पाँच लाख ५४ हजार सहयोग

पोखरा, रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा–८, सिर्जनाचोकस्थित सिर्जना सेकेण्डरी स्कुलले पाँच लाख ५४ हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले सञ्चालन गरेको अभियानमार्फत उक्त रकम संकलन गरिएको हो। विपद्को समयमा मानवीय सहयोग आवश्यक रहेको भन्दै विद्यालय परिवारले विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको सहभागितामा राहत अभियान सञ्चालन गरेको जनाएको छ। विद्यालयका अनुसार संकलित रकममा विद्यार्थीको योगदान एक लाख ८७ हजार ९८२ रुपैयाँ रहेको छ।… पुरा पढौ

बेगनासमा तीज गीत प्रतियोगिता, रसुवा बाढी पीडितलाई समर्पण

पोखरा, पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले पोखराको बेगनासमा आयोजना हुन लागेको खुला तीज गीत प्रतियोगिता रसुवा बाढी पीडितप्रति समर्पित गरिने भएको छ । पोखरा पार्टी मिडिया प्रालिको आयोजनामा यही भदौ २७ गते शनिबार पोखरा–३१ स्थित बेगनास वराह क्षेत्रमा प्रतियोगिता आयोजना हुन लागेको हो। पछिल्लो समय बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रतियोगितालाई पीडितहरूको सहयोग र सम्मानमा समर्पित गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताको अध्यक्षता पोखरा पार्टी मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले गर्नेछन्। कार्यक्रमको संयोजन… पुरा पढौ

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

पोखरा, नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले मनकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका)… पुरा पढौ

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

पोखरा, सुनगाभा बचत ऋण सहकारी संस्था, पोखरा–१८, सेदी बगरको १७ औं साधारण सभा आइतबार सम्मपन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ।व ८२÷८३मा ७ करोड २२ लाख ७ हजार ८ सय ७८ रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । १ करोड १६ लाख १३ हजार ५ सय शेयर पुँजी रहेको सहकारीले ५ करोड १० लाख १३ हजार ५ सय रुपैया कर्जा लगानी गरेको छ ।यस्तै, २५ लाख ३८ हजार ५ रुपैया कर्जा जोखिम कोषमा राखिएको छ । वार्षिक साधारणसभा… पुरा पढौ

सन्तानेश्वरको महायज्ञमा २ करोड बढी रकम संकलन

पोखरा, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको सातौँ दिन सकिँदा दुई करोडभन्दा बढी रकम संकलन भएको छ। आयोजकका अनुसार महायज्ञ लक्ष्य उन्मुख भएको छ। महायज्ञमा भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए । महायज्ञ धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा अघि बढेपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ। पोखरा–५ का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा… पुरा पढौ

एन प्याब्सन कास्कीको पदस्थापन कार्यक्रम

पोखरा, नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ । निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाई पदस्थापन गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए । सर्वसम्मत निर्वाचित समतिको अध्यक्षमा मनकाजी गुरुङ,… पुरा पढौ

This will close in 20 seconds