अर्थतन्त्र

न्युरोडमा दोहोरो पार्किङको माग गर्दै व्यवसायी आन्दोलित, व्यापार प्रभावित भएको गुनासो

पोखरा, केही दिनयता जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको नगर प्रहरीले पोखराको न्युरोड क्षेत्रमा एकतर्फी पार्किङ व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दै नो–पार्किङ क्षेत्रमा राखिएका सवारी साधनहरू नियन्त्रणमा लिन थालेपछि स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्। हाल न्युरोडको सडकको पूर्वी भागमा मात्र पार्किङको व्यवस्था गरिएको छ भने पश्चिमी भागमा पार्किङ निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन र सडकमा हुने जाम न्यूनीकरणका लागि लागू गरिएको यो व्यवस्थाले सडक सञ्चालनमा केही सहजता ल्याए पनि व्यापारिक गतिविधिमा नकारात्मक असर परेको व्यवसायीहरूको दाबी छ… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई Flydubai का जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास (Adrian Lukasz) सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्च स्तरीय छलफल गरेको छ । लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला सहित विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ । सो क्रममा विमानस्थलको… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः सार्वजनिक ’रिटर्न टु भिलेज’ देखि गाँजा खेती नियमनसम्म (पूर्ण पाठ) सहित

पोखरा, १९ जेठ, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै विभिन्न कार्यक्रम सहित कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो । दोस्रो पञ्चवर्षीय योजनाको सोचलाई आत्मसात् गर्दै ल्याइएको यस नीति तथा कार्यक्रममा पर्यटन, दिगो… पुरा पढौ

हिमाली सांस्कृतिक भवन निर्माणका लागि टिका बहादुर कार्कीको ५ लाख सहयोग घोषणा, पद्मराज ढकालले पनि गरे आर्थिक सहयोग

पोखरा, जेठ १, नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली साँस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ । वि.सं.२०५४ सालमा “नेपाली लोक संस्कृति बचाऔं” भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरेको हो। पोखरा–९ पृथ्वीचोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको हिमाली साँस्कृतिक परिवारले कार्यालय छाड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ।… पुरा पढौ

पोखराको सेतीनदी पुल अवलोकन गर्दै मन्त्री लम्सालले समयमै निर्माण सम्पन्न गर्न निर्देशन

पोखरा, नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेतीनदीमाथि निर्माणाधीन अबस्थामा रहेको सिग्नेचर पुल निर्माणको काममा कुनै पनि बहानाबाजी नगरी निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पृथ्वीचोकमा रहेको सेतीनदीमाथि निर्माण भइरहेको पुलको प्रगति बुझ्न मन्त्री लम्साल आज (सोमबार) स्थलगत अवलोकन गर्नु भएको थियो । स्थानीय अवरोधका कारण प्रभावित उत्तरतर्फको पुलको अवस्था निरीक्षण गर्दै उहाँले आयोजना सम्पन्न गर्न देखिएका समस्या तत्काल समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै निर्माण… पुरा पढौ

गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा स्याङ्जा च्याम्पियन

कास्की , गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा स्याङ्जा महिला यू—१९ टोली च्याम्पियन भएको छ । वाई वाई महिला यू—१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा स्याङ्जा महिला यू—१९ टोलीले कास्की महिला यू—१९ लाई ३ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो । वाई वाई महिला यू(१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा स्याङ्जा महिला यू—१९ टोलीले कास्की महिला यू(१९ लाई ३ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको… पुरा पढौ

मिस नेपाल २०२६ को खोजी पोखराबाट, मंगलबार प्रदेशस्तरीय अडिसन हुने

पोखरा, नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२६’ का लागि प्रतिभा खोज अभियानअन्तर्गत भोलि (मंगलबार) पोखरामा प्रदेशस्तरीय अडिसन हुने भएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले देशका विभिन्न शहरमा पुगेर नयाँ अनुहार तथा प्रतिभाशाली युवतीहरूको खोजी गर्ने अभियानअन्तर्गत गण्डकी प्रदेशको राजधानि पोखरामा अडिसन गर्न लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा छनोटबाट उत्कृष्ट प्रतिस्पर्धीहरूलाई काठमाडौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले जानकारी दिए । यस वर्षको प्रतियोगिताका लागि आवेदन… पुरा पढौ

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

जेठ १८ पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्ला भित्र प्रदेश सरकार मातहत संचालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकार लाइ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न ४९ औ बिशेष बैठकले सो निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माण कार्यमा वहुवर्षिय योजनामा समावेश गरि केहि निर्माण कार्य पुरा भएका तर कार्य पुरा नगरी त्यसै अलपत्र छोडिएका १४ वटा बहुबर्षीय सडक आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।… पुरा पढौ

हिमालय एअरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्ने तयारी

काठमाडौं, जेठ १८, चर्चीत एयरलायन्स हिमालय एअरलाइन्सले आगामी जुन ४, २०२६ ९जेठ २१, २०८३० देखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। नेपालको राजधानी काठमाडौं र चीनको ‘सिलिकन भ्याली’का रूपमा परिचित शेन्जेनबीच पहिलो पटक सिधा हवाई सम्पर्क स्थापना हुन लागेको एअरलाइन्सले पोखराक्लिकलाई जनाएको छ। कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई उडान सञ्चालन गरिनेछ। काठमाडौंबाट उडान प्रत्येक मंगलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन गरिनेछ। हिमालय एअरलाइन्सका उपाध्यक्ष… पुरा पढौ

उन्नतिको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पोखरा,१८ जेठ, पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिकोत्सव अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको आफ्नै कार्यालय प्राङगणमा आयोजित कार्यक्रममा ५० युनिट रगत सकंलन भएको थियो । सहकारी सञ्चालक समितिका अध्यक्ष राजेश रानाभाटले पहिलो रक्तदाता रन्जित अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । रक्तदाता मध्येमा सरु मगर सबैभन्दा कम उमेरको हुनुहुन्थ्यो । संस्थाले आफ्नो स्थापना दिवसका दिनमा हरेक वर्ष रक्तदान गर्दै आएको छ । “स्थापना दिवसमा हामी… पुरा पढौ