अर्थतन्त्र

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

भाद्र १९,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको मुख्य प्रायोजनमा शुक्रबारदेखि तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल टेनिस प्रतियोगिता सुरु भएको छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेल पर्यटन प्रवद्र्धन तथा खेलाडीबीच भाइचारा सम्बन्ध प्रगाढ पार्नका लागि रेवान पोखराले यो प्रतियोगितालाई सहयोग गर्दै आएको बताउनुभयो । यसअघि रेवान पोखराका पदाधिकारीहरूले कास्की जिल्ला खेलकुद विकास समितिले… पुरा पढौ

परिपक्व र अनुभवी नेतृत्वप्रति व्यवसायीको विश्वास , उत्तममानप्रति बढ्दो समर्थन

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यप्रति उद्योगी व्यवसायीको सकारात्मक प्रतिक्रिया बढ्दै गएको छ। लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै संघको नेतृत्व तहमा समेत अनुभव हासिल गरेका बुद्धाचार्यलाई परिपक्व, जिम्मेवार र अनुभवी नेतृत्वका रूपमा हेरिएको छ। व्यवसायीहरूसँगको भेटघाट तथा छलफलका क्रममा बुद्धाचार्यले संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउने र सरकारसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्। उनको अनुभव, संघमा गरेको लामो योगदान र व्यवसायीका समस्यालाई नीतिगत तहसम्म पुर्‍याउन सक्ने क्षमतालाई… पुरा पढौ

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

पोखरा, लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा वरिष्ठ संस्कृतिकर्मी स्व। लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ। प्रतिष्ठानले गुरुङलाई रु। ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ। गण्डकी प्रदेश सरकारका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ ‘श्याम’ को… पुरा पढौ

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

पोखरा १९ भाद्र, छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्व गाइजात्राको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पोखरा न्युरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले जानकारी दिए ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले रक्तदाता प्रेम पुन र पारस द्वालाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले रगतको अभाव भइरहेको समयमा छाङ्गेली नेवाः खल समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त… पुरा पढौ

‘मिडिया कप फुटसल’को तयारी तीब्र, दर्ता समय थपिन सक्ने

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी तीव्र पारिएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन आयोजकले खेलमैदान व्यवस्थापन, टिम समन्वय, प्राविधिक तयारी तथा विभिन्न संघ–संस्था र सरोकारवाला निकायसँगको सहकार्यलाई अघि बढाएको जनाएको छ । प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले ‘खुला खेल’को अवधारणामा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ… पुरा पढौ

भोटेकोशी बाढीका प्रभावितलाई अरुण चौधरीको ११ करोड २२ लाखको सहयोग, व्यवसायमा सफलता, समाजमा संवेदना ः अरुण चौधरीको फरक परिचय

दीननाथ बराल,पोखरा १९, भदौं, व्यवसायमा सफल हुनु एउटा पक्ष हो, तर आफ्नो सफलताको केही हिस्सा समाजका लागि छुट्याउन सक्नु अर्को महत्वपूर्ण कुरा हो । यही कारण पर्यटन, अटोमोबाइल तथा शिक्षा क्षेत्रसँग जोडिएका व्यवसायी अरुण चौधरी व्यवसायीका रूपमा मात्र होइन, सामाजिक संवेदनशीलता र सहयोगी स्वभावका व्यक्तिका रूपमा पनि चिनिनुहुन्छ । चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहनुभएका चौधरी लामो समयदेखि व्यवसायसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आउनुभएको छ । उहाँको सामाजिक सक्रियता विशेषगरी बालबालिका, शिक्षा र विपद्का बेला प्रभावित समुदायलाई… पुरा पढौ

गैराकोचौताराबाट फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, दुई घाइते

दीननाथ बराल,पोखरा, १९ भदौ, पोखरा महानगरपालिका–१८ गैराकोचौतारा घुम्तीबाट भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सडकको घुम्तीमा सुरक्षा संरचना अभाव रहेको स्थानबाट कार करिब २० मिटर तल फेवातालमा खसेको हो। आज (शुक्रबार) बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार गैराकोचौतारा घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरीक्षक सुजनकुमार देवकोटाका अनुसार… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार उम्मेदवार मैदानमा, चुनावी सरगर्मी बढ्यो

पोखरा, पोखराको पुरानो सामाजिक–व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि चुनावी गतिविधि तीव्र बनेको छ। संघको नेतृत्व सम्हाल्दै उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने लक्ष्यसहित चार जना उम्मेदवार अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएका छन्। अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेदवारी दिएका छन्। आचार्य र गौतम प्यानलसहित चुनावी मैदानमा छन् भने पोखरेल र बुद्धाचार्यले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। निर्वाचनको माहोल तातिरहेका बेला पोखराको सिटीवान टेलिभिजनले बुधबार ‘चार दाबेदार, एउटै… पुरा पढौ

कुमुदिनी होम्समा दन्त शिविर

पोखरा, पोखरा महानगरपालिका वडा नं.४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यार्थीका शैक्षिक उपलब्धिलाई मध्यनजर गर्दै विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। समयसमयमा विभिन्न स्वस्थ्यसँग सम्बन्धित कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। यस्तै सिलसिलामा बुधवारदेखि विद्यालयमा पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर प्रा। लि।सँगको सहकार्यमा दुई दिने दन्त शिविर सुरु भएको छ ।पहिलो दिन कक्षा १ देखि १० कक्षाका विद्यार्थीहरूलाई मुख स्वस्थ्य सम्बन्धि सचेतना र दाँत परीक्षण गराइएको छ। बिहीवार कक्षा ११ र १२ का विद्यार्थीहरूलाई मुख स्वास्थ्य सम्बन्धि… पुरा पढौ

पोखरासंग जोडिने राजमार्गमा बैकल्पिक सडक मार्गहरु समेत बनाउन पोखराका पर्यटन व्यवसायीको माग

दीननाथ बराल, पोखरा १८, भदौं, पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा गएको भीषण पहिरोका कारण सडक अवरुद्ध भएपछि पोखराको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको पर्यटन व्यवसायीहरूले बताएका छन् । पोखरा–काठमाडौं जोड्ने सडकको भरपर्दो विकल्प नहुँदा सडक अवरुद्ध हुनेबित्तिकै पर्यटक आगमन प्रभावित हुने र त्यसको प्रत्यक्ष मार पर्यटन व्यवसायीले खेप्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । https://www.youtube.com/watch?v=Vno-5AFqWuE पोखरा पर्यटन परिषद्को २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनका क्रममा पर्यटन व्यवसायीहरूले पोखरालाई मुलुकका प्रमुख सहर तथा राजधानीसँग जोड्ने वैकल्पिक सडक सञ्जाल निर्माणलाई प्राथमिकतामा राख्न… पुरा पढौ

This will close in 20 seconds