वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

-


     पोखरा क्लिक     
     भाद्र १९ गते २०८३ मा प्रकाशित


पोखरा,

लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा वरिष्ठ संस्कृतिकर्मी स्व। लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ।

प्रतिष्ठानले गुरुङलाई रु। ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ। गण्डकी प्रदेश सरकारका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ ‘श्याम’ को अध्यक्षतामा रहेको लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा धनबहादुर गुरुङलाई सम्मान गरिएको हो। कार्यक्रममा स्व। लोक बहादुर गुरुङले नेपाली तथा गुरुङ कला–संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनका योगदान र सिर्जनालाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिइएको थियो।

सम्मान ग्रहण गर्दै गायक तथा संगीतकार धनबहादुर गुरुङले आफूले कला, संगीत र संस्कृतिको क्षेत्रमा गर्दै आएको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको बताए। उनले गुरुङ समुदायको मौलिक कला, भाषा, संस्कृति र संगीतको संरक्षणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतिष्ठानले हरेक वर्ष स्व। लोक बहादुर गुरुङको स्मृतिमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने अध्यक्ष गुरुङले बताए ।