अर्थतन्त्र

एनएसजेएफ पल्सर अवार्डको वर्ष उत्कृष्ट खेलाडीमा चन्द्र र एरिका

काठमाडौँ, भदौ १८, बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ का सर्वश्रेष्ठ खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च९एनएसजेएफ० ले बिहिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा आयोजना गरेको स्पोट्र्स अवार्डको २३ औँ संस्करण कार्यक्रममा चन्द्रबहादुरले वर्षका उत्कृष्ट पुरुष र एरिकाले वर्षकी उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् । एरिका लगातार तेस्रो पटक वर्ष महिला खेलाडी घोषित भएकी हुन् । यसैगरी कराँतेकी मनिषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी, कराँतेका कुशल श्रेष्ठ वर्षका… पुरा पढौ

घरदैलोमा गौतम टिम व्यवसायीको आशा, समावेशी नेतृत्वको दाबी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको दौडधुप बढेको छ। भदौ २० र २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको टिम यतिबेला उद्योगी व्यवसायीको घरदैलोमा व्यस्त छ। व्यवसायीका समस्या सुन्ने, सुझाव लिने र आफ्नो योजना सुनाउने उद्देश्यसहित गौतम नेतृत्वको टोली विभिन्न व्यवसायीमाझ पुगिरहेको छ। चुनावी प्रचारका लागि मात्र नभई व्यवसायीले दैनिक भोगिरहेका समस्या र आगामी दिनमा संघबाट अपेक्षा गरेका विषय बुझ्न घरदैलो अभियानलाई प्राथमिकता दिएको टिमको भनाइ छ। घरदैलोमा पुग्दा… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद आवश्यक

पोखरा, अपाङ्गता भएका व्यक्तिको मानसिक तथा शारीरिक विकाससँगै मनोरञ्जन, आत्मविश्वास र सामाजिक सहभागिता बढाउन खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा पोखरामा आयोजित एक छलफलका सहभागीहरूले जोड दिएका छन्। अपाङ्गता भएका व्यक्तिका लागि विशेष रूपमा खेल्न सकिने बोसिया लगायतका खेलको पहुँच विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्। उनीहरूले यस्ता खेलले अपाङ्गता भएका बालबालिका, युवा तथा वयस्कको शारीरिक सक्रियता बढाउनुका साथै मानसिक स्वास्थ्य, आत्मविश्वास र सामाजिक घुलमिलमा समेत सकारात्मक प्रभाव पार्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले अपाङ्गता… पुरा पढौ

विपद् प्रभावितका लागि पोखरा रोयल सहकारीद्वारा ३ लाख ५२ हजार सहयोग

पोखरा, भदौ १८, रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ लाख ५२ हजार १ सय सहयोग गरेको छ। ‘आहतमा राहत, सहकार्यमा सहकारी’ भन्ने भावनासहित सहकारीले संस्था, सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारी परिवारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले देशका विभिन्न जिल्लामा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग… पुरा पढौ

राष्ट्रिय माविमा दन्त परीक्षणसँगै विपद् प्रभावितका लागि २६ हजार सहयोग ंसंकलन

पोखरा, भदौ १८, पोखरा–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बाल स्वास्थ्य तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ। विद्यालयमा क्रियाशील नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा बिहीबार सम्पन्न शिविरमा विद्यार्थीहरूको स्वास्थ्य तथा दन्त परीक्षणसँगै स्वास्थ्य सरसफाइ र मानवीय सेवाबारे सचेतना अभिवृद्धि गरिएको हो। नेपाल जुनियर रेडक्रस सर्कल, राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा ८८ हरिचोक पोलिक्लिनिक प्रा.लि. र एस. श्री डेन्टल केयर प्रा.लि.को प्राविधिक सहयोग रहेको थियो। शिविरमा विद्यार्थीहरूको मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको थियो। चिकित्सक… पुरा पढौ

अध्यक्ष भानुभक्त अधिकारीलाई खुला सदस्यमा विजयी गराउन ईन्द्रेणीको अपिल

पोखरा, १८ भदौ, पोखरा १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ ले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार दिएका केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीलाई विजयी गराउन एक अपिल जारी गरेको छ । यही भदौ २० र २१ गते हुने महाधिवेशनका लागि केन्द्रका अध्यक्ष अधिकारीले खुला सदस्य पदमा उम्मेदवारी दिएका छन्। विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहेका अधिकारी पोखरा–१, हरिचोकस्थित अस्ताम अधिकारी गिफ्ट एन्ड किचनका सञ्चालकसमेत हुन् । व्यवसायीका समस्या, चुनौती र आवश्यकतालाई नजिकबाट बुझेका अनुभवी व्यवसायी तथा… पुरा पढौ

रसुवा बाढीका पीडित प्रहरीलाई राहत र राज्य कोषमा प्रहरीको ४० करोड सहयोग

काठमाडौं, १७ भदौ, रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत उपलब्ध गराउने भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नीति निर्माण समितिको बैठकले बाढीमा परी दिवंगत भएका प्रहरीका परिवारलाई तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको हो। यो रकम प्रहरी कर्मचारीहरूबाट संकलन गरिएको राहत कोषबाट उपलब्ध गराइने प्रहरीले बताएको छ । बैठकले बाढीमा बेपत्ता भएका प्रहरीहरूको खोजी कार्यलाई तीव्रता दिन विशेषज्ञ टोलीसहित परिवारको समन्वयमा प्रभावकारी… पुरा पढौ

‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने

पोखरा, दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५… पुरा पढौ

बाढीपीडितको राहतका लागि छाचोक तमु समाजद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग

कास्की, मादी गाउँपालिका–७, छाचोक तमु समाजले बाढी तथा डुबान प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख सहयोग गरेको छ । भदौ १० गते आएको विनाशकारी बाढी तथा डुबानका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले समाजले आफ्नो कोषबाट उक्त रकम प्रदान गरेको हो। प्राकृतिक विपद्का कारण घरबार, सम्पत्ति तथा भौतिक संरचना गुमाएका नागरिकको पीडामा साथ दिन र राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहयोग… पुरा पढौ

पोखरा पर्यटन परिषदको अध्यक्षमा भुजेल

पोखरा, पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको आज (बुधबार) सम्पन्न २६ औं साधारण सभा तथा १४ं अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन समितिले पोखराक्किलाई जनाएको छ । अधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा नेपाल हवाई खेलकुद संस्था ‘ना’का पूर्व अध्यक्ष कृष्ण भण्डारीलाई १४ मतले पराजित गर्दै निवर्तमान प्रथम उपाध्यक्ष भुजेल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३९ प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले २५ मत प्राप्त गरे भने पराजित भण्डारीले ११ मत प्राप्त गरे । ३… पुरा पढौ

This will close in 20 seconds