अर्थतन्त्र

भद्रकालीको कविता प्रतियोगितामा सपना लामिछाने प्रथम

पोखरा, २७ असार, भद्रकाली माध्यमिक विद्यालयमा शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीबीच कविता प्रतियोगिता शुक्रवार सम्पन्न भयो । विद्यालयको वार्षिक क्यालेन्डरअनुसार अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतियोगिता भएको हो । ‘देशप्रेम र राष्ट्रिय एकता’ शीर्षकमा १९ जना विद्यार्थीले आ(आफ्ना कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै कक्षा ११ मानविकी मा अध्यनरत सपना लामिछानेले प्रथम स्थान हासिल गरिन् । यस्तै विपाशा खातीले द्वितीय र सम्झना गुरुङले तृतीय स्थान प्राप्त गरे । जेनिसा गुरुङले सान्त्वना पुरस्कार जित्न सफल भइन् । विजयी… पुरा पढौ

पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले… पुरा पढौ

पोखरामा यू–१६ छात्र\छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा, पोखरामा यू–१६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता–२०८३ सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि परिषद् प्रतिबद्ध रहेको बताए । उनले ह्याण्डबल खेलको विकासमा प्रदेश ह्याण्डबल संघले पुर्‍याएको योगदानको कदर गर्दै परिषद्ले संघलाई उत्कृष्ट खेल संघका रूपमा… पुरा पढौ

गण्डकीका खेल पूर्वाधारको संरक्षणमा कडाइ, अनधिकृत प्रयोग रोक्न प्रशासनलाई निर्देशन

पोखरा, गण्डकी प्रदेशभित्र रहेका सरकारी लगानी तथा अनुदानबाट निर्माण भएका खेलकुद पूर्वाधारहरूको संरक्षण, व्यवस्थापन र प्रभावकारी उपयोग सुनिश्चित गर्न प्रदेश खेलकुद परिषद्ले सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ। प्रदेश खेलकुद परिषद्ले कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मुस्ताङ, म्याग्दी, मनाङ, बागलुङ, पर्वत र नवलपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै खेलकुद ऐन तथा नियमावलीबमोजिम दर्ता भएका खेल संघबाहेक अन्य क्लब वा संस्थाले जिल्ला खेलकुद विकास समितिको पूर्वस्वीकृति वा सम्झौताबिना खेलकुद पूर्वाधार प्रयोग गरेको तथा अनधिकृत रूपमा साइनबोर्ड राखेको… पुरा पढौ

पोखराको सेतीखोला जलविद्युत आयोजनाको उद्घाटन(भिडियो सहित)युरोपेली प्रविधि र स्थानीय सहकार्यले सेतीखोला जलविद्युत आयोजना दिगो बन्छ ः युरोपेली संघकी राजदूत लोरेन्जो

दीननाथ बराल,पोखरा, २६ असार, पोखरामा हालै निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका–३३ मा आयोजित समारोहमा उक्त परियोजनाको शुक्रबार उद्घाटन गर्दै युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले सुरुदेखि नै स्थानीयको साथ र सहयोग प्राप्त गरेको उल्लेख गर्दै यही कारण आयोजना अपेक्षाकृत छोटो अवधिमा सम्पन्न हुन सफल भएको बताउनुभयो ।स्थानीय समुदायको साथ, राजनीतिक प्रतिबद्धता र युरोपेली गुणस्तरीय प्रविधिको संयोजनले आयोजना दीर्घकालसम्म दिगो रूपमा उक्त परियोजना सञ्चालन हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । https://www.youtube.com/watch?v=m1ckUO2O0rI… पुरा पढौ

पोखराको सेदीबाट भारतीय नेटवर्कसँग जोडिएको अनलाइन सट्टेबाजीमा संलग्न ८ पक्राउ

दीननाथ बराल,पोखरा, २६ असार, पोखराको पर्यटकीय क्षेत्र सेदीमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अनलाइन सट्टेबाजी केन्द्रमा प्रहरीले छापा मार्दै आठ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त समूह भारतीय नेटवर्कसँग आबद्ध रहेर क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको तथा करोडौं रुपैयाँ बराबरको कारोबार भएको हुन सक्ने कास्कीका प्रहरी उपरीक्षक एसपी नवीन कार्कीले बताउनु भयो । गोप्य सूचनाको आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट मीना थापामगर सम्मानित

पोखरा, २६ असार, ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत भएकी छिन् । उनलाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र घलेकीले सम्मान गरेका हुन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री शेरचनले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने बताए । गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवद्र्धन गर्दै… पुरा पढौ

गण्डकीका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोही ६ जनालाई प्रदेश सरकारको नगद सहित सम्मान (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असार २६, गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ । पोखराको पौवा होटलमा आज (शुक्रबार) आयोजित ‘प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रम’ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा मन्त्रालयका सचिव रोशन ज्ञवालीले जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र, मायाको चिनो र दोसल्ला प्रदान गरी पर्वतारोहीहरूलाई सम्मान गर्नु भएको हो । https://www.youtube.com/watch?v=nd25H0mS-nA सम्मानित हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, पर्वतको कुश्मा… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा १ हजार ४ सय १३ होटल सञ्चालनमा,एकै रातमा २६ हजार भन्दा बढी पर्यटकलाई राख्न सकिने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ असार, अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्यटन पूर्वाधार उल्लेखनीय रूपमा विस्तार भएको छ । हाल संरक्षण क्षेत्रभित्र १ हजार ४ सय १३ वटा होटल तथा पर्यटकीय आवास सञ्चालनमा रहेका छन् भने एकै रातमा २६ हजार ८ सय ६१ पर्यटकलाई आवास सुविधा उपलब्ध गराउने क्षमता रहेको एक्याप पोखराका प्रमुख डा. रविन कँडरियाले बताउनु भयो । https://www.youtube.com/watch?v=henk5LQL_Y8&t=3155s संरक्षण क्षेत्रका होटलमा ११ हजार ७ सय २१ कोठा रहेका छन् भने निजी क्षेत्रबाट सञ्चालित होटल तथा पर्यटकीय व्यवसायले १ हजार ७ सय ९… पुरा पढौ

गण्डकी प्रदेशमा गाँजा विधेयक पारित, अब निश्चित मापदण्ड पूरा गरी व्यावसायिक गाँजा खेती गर्न कानुनी बाटो खुल्ला

दीननाथ बराल,पोखरा २५, असार, गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, उत्पादन, उपयोग र व्यवस्थापनलाई कानुनी आधार दिने ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती (नियमन र उपयोग) विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । आज (बिहीबार) बसेको प्रदेशसभा बैठकबाट विधेयक पारित भएसँगै निश्चित मापदण्ड पूरा गर्ने कम्पनी तथा उद्योगले प्रदेश सरकारबाट अनुमति लिएर व्यावसायिक रूपमा गाँजा खेती, उत्पादन, प्रशोधन र बिक्री–वितरण गर्न सक्ने कानुनी बाटो खुलेको हो । गण्डकी प्रदेशले गाँजा खेतीलाई औषधीय तथा औद्योगिक उत्पादनसँग… पुरा पढौ